६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

अर्किड कपको तयारी

अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौँ अर्किड कप सेभेन ए साइड अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता फागुन ४ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने अर्किडका संस्थापक प्रेमकुमार भुजेलले जनाएका छन्।प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ।

शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन्। विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पनि पुरस्कृत गरिने छ।

संस्थापक भुजेलले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि अभ्यस्त गराई विद्यार्थीको चौतर्फी विकास गर्न अर्किडले नियमित रुपमा खेलकुदका अलावा अन्य अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आइरहेको बताए। फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू काडाँघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ।

प्रकाशित: २९ पुस २०८० ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App