२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल: फ्रिडम र कुपण्डोल फाइनलमा

फ्रिडम ‘ए’ र कुपण्डोल ४० प्रथम कुसुन्ती ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

 कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको आज पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ आफ्नै ‘बी’ टिमलाई टाइब्रेकरमा २–१ गोलले पराजित गर्दै फाईनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

जावलाखेलमा भएको अर्को सेमिफाइनलमा कुपण्डोल ४० ले तकामी भेट्रानलाई ३–० गोलले हराउँदै फाईनल स्थान सुरक्षित गरेको हो। विजयी टिमका लागि निलेन्द्र देवान, राजु तामाङ र उज्ज्वल श्रेष्ठले समान १–१ गोल गरे। ललितपुर महानगरपालिकाको सहयोगमा भइरहेको यस प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

प्रकाशित: २७ पुस २०८० १४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App