२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

ओप्सको खेलकुद महोत्सव भोलिदेखि

फाइल तस्बिर

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजनामा सातौं ओप्स खेलकुद महोत्सव भोलिदेखि हुने भएको छ।

महोत्सवमा विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।

महोत्सवमा फुटबल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा हुने ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्काले जानकारी दिए। फुटबल र बास्केटबलको ब्वाइजमा समान १६ तथा गल्र्समा समान १२ टिमको सहभागिता रहनेछ।

ब्याडमिन्टन र टेबल टेनिसमा समान तीन स्पर्धामा खेल हुनेछ। एथलेटिक्समा १४ स्पर्धा समावेश छन्।

प्रकाशित: ३ माघ २०८० ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App