लुम्बिनी र सांग्रिला शनिबार सातौं नेफ-ऋत कप अन्तरविद्यालय जुनियर यु- १६ छात्र फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
उत्तरभेगीय शैक्षिक मञ्च र ऋत एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा लुम्बिनीले गणेश हिमाललाई २-१ गोलले पराजित गर्यो। लुम्बिनीका रिजन दाहाल र रविन बुढाथोकीले गोल गरे। गणेशका दिप्लव नेपालले गोल गरे।
सांग्रिलाले पिस प्वाइन्ट ‘बी’ लाई ४-० ले हरायो। चारै गोल चूडामणि राईले गरे। चावहिल गणेशस्थान मैदानमा छहारीले पशुपतिलाई १-०, बाल भविष्यले ओडिसीलाई १-०, विनायकले बृहस्पति विद्या सदनलाई ४-३, बोर्न स्काइलार्कले जोसेफलाई ३-१ र न्यु एराले एनआइसी एकेडेमीलाई ३-२ गोलले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
प्रकाशित: १५ पुस २०८० ०१:५९ आइतबार