२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

अस्ट्रेलियामा एन्जल्स हार्ट पराजित

एन्जल्स हार्ट स्कुल फुटबल क्लब गोल्ड कोस्ट अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा मंगलबार पराजित भएको छ।

अस्ट्रेलियाको गोल्ड कोस्टमा मंगलबारदेखि सुरु प्रतियोगिताको पहिलो खेलमा क्यारिना फुटसलले एन्जल्स हार्टलाई ९-१ गोलले पराजित गरेको टिम व्यवस्थापक सुमन तिमल्सिनाले जानकारी दिए।

एन्जल्स हार्टका लागि अभिनव गौतमले गोल गरे। एन्जल्स हार्ट समूह ‘सी’ मा रहेको छ। यो समूहमा एन्जल्स हार्टसहित पाँच टिम छन्। बुधबार एन्जल्स हार्टले इप्सविच फुटसलसँग खेल्नेछ।

जनवरी १९ मा दुई खेल खेल्ने एन्जल्स हार्टले इस्ट सिटी वुल्भ्स र बुन्दवर्ग वाइल्ड क्याट्सको सामना गर्नेछ।

प्रकाशित: ३ माघ २०८० ००:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App