२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कक्षा १२ को परीक्षा हुन्छ तर पूर्णाङ्क १ सय नहुन सक्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले कक्षा १२ को परीक्षाको तयारी भइरहेको बताएका छन्। नेपाल रिपव्लिक मिडियाको साप्ताहिक कार्यक्रम #2030 मा बोल्दै उनले कक्षा १२ को परीक्षा हुने बताए।

सबै परीक्षा सञ्चालनको बाटो खुला

कोरोना जोखिमका कारण ७ महिनादेखि रोकिएका सबै तहका परीक्षा सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न बाटो खोलिदिएको छ ।

रोकिएका परीक्षा सञ्चालन गर्न सरकारको स्वीकृति

सरकारले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्डको पूरा पालना गर्ने गरी यसअघि रोकिएका सबै तह, विषय र प्रकृतिका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

कक्षा १२ को परीक्षा: विकल्पसहितको प्रस्ताव मन्त्रिपरिषद्मा

सुझाव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत् मन्त्रिपरिषद्मा पुगेको भए पनि हालसम्म निर्णय नहुँदा अभिभावक र विद्यार्थी अन्योलमा छन्। तत्काल निर्णय नभएका दशैँ अघि उक्त परीक्षा हुने सम्भावना कम हुनेछ। दशैँपछि हिमाली जिल्लामा परीक्षा गराउन झन् कठिन हुनेछ।

चौतर्फी विरोधपछि विराटनगरमा परीक्षा स्थगित

चौतर्फी विरोध भएपछि विराटनगरमा हुने भनिएको कक्षा ११ को परीक्षा स्थगित भएको छ। कोरोना भाइरसको संक्रमण बढिरहेको बेला विराटनगरमा असोज २५ गतेबाट परीक्षा सञ्चालन गर्ने तय भएको थियो।

कोरोनाको ‘इपिसेन्टर’ मा परीक्षाको तयारी

कोरोना संक्रमणको केन्द्र बनेको प्रदेश १ को राजधानी विराटनगरमा कक्षा ११ को परीक्षा सञ्चालन हुने तयारी सुरु भएको छ। संक्रमण तीव्र भइरहेका बेला परीक्षाको तयारी थालिएको भन्दै अभिभावकहरु अदालत जाने तयारीमा जुटेका छन्।

एमडीमा ७० प्रतिशत खुला परीक्षा हुनुपर्ने माग

चिकित्सा शिक्षा आयोग सानो ठिमीले दुई साताअघि सार्वजनिक गरेको एमडीको प्रवेश परीक्षामा सिट बाँडफाँटको सवालमा आफूहरूको हकमा अन्याय गरेको भन्दै गैरसरकारी चिकित्सक आन्दोलनमा उत्रेका छन् ।

दसैंअघि पहिलो त्रैमासिक परीक्षा सक्ने तयारी

सरकारले वैकल्पिक सिकाइलाई शैक्षिक सत्रमा गणना गर्ने गरी पाठ्यक्रम समायोजन ढाँचा जारी गरेपछि विद्यालयका साथै अभिभावक र विद्यार्थी पनि उत्साहित भएका छन्।

कक्षा १२ : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्ष रूपमा देशभर परीक्षा लिन सक्ने स्थिति नभएको निष्कर्षसहित कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गरी परीक्षा सम्पन्न गर्न सरकारलाई सिफारिस गरेको हो।

काठमाडौं प्रशासनले भन्यो : निषेधाज्ञा भए पनि यस्ता परीक्षा रोकिँदैनन्

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भए पनि अति आवश्यक किसिमका केही परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले परीक्षा सञ्चालन गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयले यही भदौ २८ गतेबाट स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

१२ को परीक्षा मोडेल तयार गर्दै बोर्ड

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा विद्यालयमै होमसेन्टर कायम गरी सञ्चालन गर्ने तयारी गरिरहेको छ। पाँच महिनाअघि कोरोना महामारीको जोखिमका कारण स्थगित १२ को परीक्षा सञ्चालनबारे बोर्डले सरोकारवालासँग पटकपटक छलफल गरी परीक्षा सञ्चालनका विभिन्न विकल्पबारे सुझाव संकलनसमेत गरेको छ।

एसइई नतिजा सार्वजनिक : जिपिए विद्यालयबाटै

राष्ट्रिय परीक्षा बोर्डले सोमबार माध्यमिक शिक्षा परीक्षा कक्षा १०(एसइई)को नतिजा सार्वज्निक गरेको छ । सोमबार बसेको बोर्ड बैठकले विद्यालयहरुले बोर्डमा पठाएको विद्यार्थीहरुको आन्तरिक मूल्याँकनलाई प्रमाणीकरण गरी एसइईको नतिजा प्रकासित गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक

एसइई परीक्षा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको बताइएको छ । सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

त्रिवि परीक्षाको जिम्मा सम्वन्धित डीन कार्यालयलाई

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले ततकाल परीक्षाहरु संचालन नगर्ने बताएको छ। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले बन्दाबन्दी खुलेसँगै भदौ १५ गतेदेखि सेमेस्टर प्रणाली र असोज पहिलो साता वार्षिक प्रणालीको परीक्षा संचालन गर्ने सम्पूर्ण तयारी गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्