२१ असार २०८१ शुक्रबार
image/svg+xml

वृद्ध उद्धारमा गृह मन्त्रालय नै तगारो

उद्धारमा गृह मन्त्रालयले उदासीनता देखाउँदा वृद्धभत्ता लिन जाँदा भिरबाट लडेर बेहोस भएका गोरखाका एक वृद्धको ज्यान जोखिममा परेको छ ।

सहर पस्न थाले भोकाएका जङ्गली हात्ती

अहिले दिनभरि जङ्गलतिर बस्ने हात्ती साँझ पर्नासाथ आहारको खोजीमा सहरका मानव वस्तीतिर चहार्ने गरेका छन्। झापामा दिउँसो जङ्गली हात्ती देखिनु सामान्य जत्तिकै भएको छ।

चुरे बोर्डलाई वनमन्त्रीको ठाडो आदेशः हाजिरी कपी पठाउ

वनमन्त्री वीरेन्द्र महतोले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको बोर्डलाई चिठी पठाई बोर्डका अध्यक्ष, बोर्ड सदस्य तथा कर्मचारीको ई–हाजिरी रेकर्ड हरेक महिना मन्त्रालयमा पठाउन निर्देशन दिएका छन् ।

संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी: मन्त्री महतो

वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताएका छन्।

प्राचीन मानव जीवाश्म पहिलोपटक अन्तरिक्षमा

प्राचीन मानव जीवाश्मलाई गत साता दक्षिण अफ्रिकाले अन्तरिक्षमा पठाएपछि मानव उद्विकास अनुसन्धानकर्ताले यसलाई प्रचारमुखी कार्य भनेर चर्काे आलोचना गरेका छन्।

मनाङको स्थानीय पालिका हिमताल खोजी गर्दै

मनाङको केही स्थानीय पालिकाले आफ्नो आन्तरिक आयबाट जिल्लामा भएका हिमतालको खोजी गर्ने योजना बनाएका छन्।

चितवन राष्ट्रिय निकुञ्जलाई आम्दानीको २१ प्रतिशत मात्र बजेट

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा आम्दानीको २१ प्रतिशत मात्र बजेट आएको हो।

धन्नेश्वरी गुफा संरक्षणमा आमा समूह

वर्षौँदेखि ओझेलमा रोटाङको साकेलास्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफाको संरक्षण र विकास गर्न स्थानीय आमा समूह कम्मर कसेर लागिपरेको छ।

संस्कृति संरक्षण गर्न मौलिक तीज गीत प्रतियोगिता

पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि स्याङ्जाको भिरकोट नगरपालिकाले एक अभियानको थालनी गरेको छ।तीज गीतमा मौलिकता हराउँदै जान थालेपछि नगरपालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको छ।

भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आएका छन्। लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर यहाँले वार्षिक आठ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

उपभोक्ता ठगिने अवस्थाको अन्त्य हुन सकेन : कानुनमन्त्री गुरुङ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उपभोक्ता ठगीने अवस्थाको अन्त्य हुन नसकेको बताएका छन । नेपाली उपभोक्ता संरक्षण महासङ्घको दोस्रो साधरणसभाको आज उद्घाटन गर्दै उनले जति बजार अनुगमन गरे पनि नेपाली उपभोक्ता सधैँ ठगिनुपर्ने अवस्था सिर्जना भएको बताए।

सेनाले रोप्यो दुई हजार बिरुवा

वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ। नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो।

तालको संरक्षण गर्दै उपमहानगरपालिका

उपमहानगरले नगर क्षेत्रभित्र ८४ ताल रहेको विवरण तयार गरेको छ। तीमध्ये अधिकांश ताल अतिक्रमणमा परेका छन्।

संरक्षण अभावले लोप हुँदैछ ढुंगेधारा परिक्रमा परम्परा

भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।

वाग्मतीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने

वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउन ‘नदी महोत्सव तथा महाजलयात्रा’ हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्