२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

सेनाले रोप्यो दुई हजार बिरुवा

वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ। नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो।

सेनाको ‘गो ग्रिन क्याम्पेन’ कार्यक्रम अन्तर्गत इनामे सामुदायिक वनको खाली पाखा टङटङेमा वृक्षरोपण गरिएको हो। यहाँ तेजपत्ता मसला लगायत बिरुवा रोपिएको सेनाले जनाएको छ। यो अभियान अन्तर्गत जिल्लाभर बिरुवा रोप्ने योजना रहेको नयाँ श्रीनाथ गण भोजपुरका गणपति फडिन्द्र थापाले बताए।

‘वातावरणको संरक्षणका बिरुवा रोपेका छौ’, उनले  भने, ‘हाम्रो यो अभियान जारी छ। यो अभियान अन्तर्गत जिल्लाका अन्य स्थानमा पनि बिरुवा रोप्ने लक्ष्य छ।’

सेनाले विपद् लगायत विभिन्न सामाजिक क्षेत्रमा समेत आफ्नो गतिवधि बढाएको गणपति थापाले बताए।

सेनाले थालेको बिरुवा रोपण अभियान सराहनीय रहेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यसको संरक्षण तथा विकासमा ध्यान दिनुपर्ने बताए।

वृक्षरोपणका लागि सेनालाई डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएको हो। डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले वृक्षरोपण कार्यक्रम गरिरहेको बताए।  

प्रकाशित: २५ भाद्र २०८० ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App