२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कलामार्फत सांस्कृतिक धरोहरको संरक्षण

नेपालको पौराणिक धरोहर मठमन्दिर, गुम्बा र पाटी–पौवा लगायतले सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ। यहाँको रहनसहन र संस्कृति लोप हुँदै गएको अवस्थामा सांस्कृतिक महत्व बोकेका धरोहर संरक्षण गर्न आवश्यक रहेको छ।

'कोरोना प्रभावितलाई सरकारले संरक्षण गर्छ'

अर्थमन्त्रीका अनुसार अन्तर्राष्ट्रिय स्तर र छिमेकी मुलुकमा फैलिएको कोरोना भाइरसका कारणले व्यापार, लगानी, श्रम, पर्यटन र पुँजीप्रवाहमा प्रत्यक्ष–अप्रत्यक्ष असर पारिरहेको छ।

बाघ संरक्षणमा विलम्ब

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय बाघ संरक्षण समिति गठन भएको छ। गृह, रक्षा, कानुन, अर्थ, वनमन्त्री एवं मुख्य–सचिव पदेन सदस्य रहेको यो समितिको बैठक नबसेको ४ वर्ष नाघिसकेको छ।

पञ्चेवाजाको राग संरक्षणका लागि वाजागाजा वितरण

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका परियार समुदायलाई पञ्चेवाजा वितरण गरिएको छ। लोपोन्मुख बनेको पञ्चेवाजा र यसको राग संरक्षणका लागि वडा कार्यालयले चालु आर्थिक वर्ष विनियोजित एक लाख बजेटबाट पञ्चेवाजा खरिद गरेर स्थानीय परियार समुदायलाई वितरण गरेको हो।

चुरेका लागि छुट्टै ऐन आवश्यक

चुरेक्षेत्रको संरक्षणका लागि स्थायी प्रकृतिका संरचना आवश्यक हुने र यो क्षेत्रको संरक्षण तथा व्यवस्थापनका प्रयासलाई छरिएर नभै एकीकृत रूपमा अगाडि बढाउन छुट्टै ऐन आवश्यक रहेको विज्ञहरूले बताएका छन्।

महोत्सवमार्फत संस्कृति संरक्षण

महोत्सव भन्नेबित्तिकै आम मानिसमा हाटबजार, किनमेल, आफ्ना उत्पादनको प्रदर्शनी तथा बाजागाजासहितको रंग रमाइलो कुराको मात्र याद आउने गर्दछ।

सम्पदाको उपयोग मात्रै नभई संरक्षण गर्न आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्।

एक्यापको म्याद थप्ने संकेत

२७ वर्ष ६ महिना सञ्चालन भइसकेको एक्यापलाई निरन्तरता दिने वा नदिने बहस भइरहेका बेला बिहीबार मन्त्री बस्नेतले एक्यापको म्याद थप्ने संकेत गरेका हुन्।

‘नेपाली भाषाको संरक्षण आवश्यक’

नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण आवश्यक रहेको स्रष्टाहरूले बताएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार तथा भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको स्वागतमा आयोजित गरेका कार्यक्रममा सहभागी स्रष्टाहरूले नेपाली भाषा र संस्कृति महत्वपूर्ण रहेको बताए।

समयमै नियुक्ति नहुँदा कार्यक्रम प्रभावित

डेढ वर्षदेखि वन मन्त्रालय मातहतका राष्ट्रिय प्रकृति संरक्षण कोष तथा वन निगम र राष्ट्रिय ताल संरक्षण विकास समितिमा कार्यकारी पद खाली छ। यसैगरी राष्ट्रपति चुरे तराई मधेस संरक्षक विकास समितिमा पनि एक पद खाली छ।

छाडा गाईवस्तुको संरक्षण गरिदै

बाग्मती सफाइ अभियन्ता, छाच्डा गाई बाच्छा अभियन्ता तथा मानव अधिकार शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनी लगायतको टोलीले काठमाडौंमा गाईपालकहरूले बूढो वा थारा (नब्याउने) गाई र बाच्छाहरूको स्याहार गरेका हुन्।

'भ्रष्टाचारीलाई कारबाही गरेर देखाउने हिम्मत छ, प्रधानमन्त्री ज्यू?'

नेपाली काँग्रेसका नेता सुजाता कोइरालाले सरकारले भ्रष्टाचारी संरक्षण गर्ने नियतले ऐन कानुन निर्माण गरिरहेको बताएकी छन्। काँग्रेस केन्द्रीय सदस्य कोइरालाले सरकारका कमिकमजोरी औल्याइदिनेको आवाज बन्द गर्दै आफ्ना नजिकका भ्रष्टाचारी अपराधी संरक्षणमा सहज वातावरण तयार गरिरहेको बताएकी हुन्।

संक्रमित बिरुवा पैठारी गरे १ लाख ५० हजारसम्म जरिवाना

संक्रमित विरुवा वा विरुवाजन्य उपज निकासी तथा पैठारी गर्नेलाई ५० हजार देखि १ लाख ५० हजारसम्म जरिवाना हुने भएको छ।

समृद्धिका लागि प्रकृति संरक्षण

समाज, संस्कृति र सभ्यता– प्रकृति र मानवबीच निरन्तर चलिरहने अन्तरसम्बन्ध र अन्तरसंघर्षका उपज हुन्। पूर्वी विश्व दृष्टिकोणबाट प्रभावित हाम्रो समाज र संस्कृतिले सदैव जीव, जगत् र जीवनको अन्तरसम्बन्ध र सहअस्तित्व स्वीकार गरेको पाइन्छ। मानिस आफूलाई प्रकृतिको एक अंश हो भन्ने ठान्छ, त्यसैले होला– अन्य समाजभन्दा पूर्वीय समाज प्रकृति, प्राकृतिक स्रोत र अन्य जीवजन्तु उपयोगमा धेरै हदसम्म संयमित र अहिंस्रक छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्