२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘नेपाली भाषाको संरक्षण आवश्यक’

काठमाडौं – नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण आवश्यक रहेको स्रष्टाहरूले बताएका छन्। बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यकार तथा भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको स्वागतमा आयोजित गरेका कार्यक्रममा सहभागी स्रष्टाहरूले नेपाली भाषा र संस्कृति महत्वपूर्ण रहेको बताए।

‘सिक्किम सरकारले नेपाली भाषा, साहित्य, धर्म, संस्कृतिको विकासका लागि काम गरेको छ,’ साहित्यकार चाम्लिङले भने, ‘सिक्किममा नेपाली भाषाबारे अध्ययन, अध्यापन गर्नुदेखि आदिकवि भानुभक्त आचार्यको प्रतिमा निर्माणसम्मको काम मेरो कार्यकालमा भएको थियो। हामी जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो।’ सिक्किममा राजनीति गरेपनि आफू नेपाली साहित्यकारमा आवद्ध भइरहेको उनले बताए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले चाम्लिङ बहुआयमिक व्यक्तित्व भएको बताए। ‘राजनीति र सिमानामा हामीलाई विभेद भए पनि भाषा, धर्म र संस्कृतिमा हामी एक छौं,’ उनले भने। सन् १९९९, २००४, २००९, २०१४ र २०१५ मा मुख्यमन्त्री बनेका चाम्लिङ तीन पटक भारतीय विधानसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित: ३ माघ २०७६ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App