६ आश्विन २०८१ आइतबार
image/svg+xml

जुम्लामा चुनाव अवधिभर मदिरा बिक्री वितरणमा रोक

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अवधिभर यहाँ मदिरा बिक्री वितरण र सेवनमा रोक लगाइएको छ।

बैतडी निर्वाचन: माओवादी केन्द्र र एमालेको प्रतिस्पर्धा

प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा ९एमाले०बीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ। गठबन्धन दलबाट नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवरलाई साझा उम्मेदवार बनाइएको छ। यस्तै एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन्।

भक्तपुरमा एमालेको घरदैलो कार्यक्रमः सूर्यमा भोट, अरुलाई चोट

विभिन्न प्रकारका झाँकीहरुसहित निस्किएको घरदैलो कार्यक्रममा स्वतःस्फूर्त रुपमा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थिति स्थानीयवासीले 'महेश आउ, भक्तपुर समृद्ध बनाउन', 'महेश बस्नेत जिन्दावाद, नेकपा एमाले जिन्दावाद', 'महेश बस्नेत हाई, हाई अरुलाई वाई वाई', 'भोट फर महेश बस्नेत', सूर्यमा भोट अरुलाई चोट, सूर्यमा भोट झ्याप झ्याप, आमाबुबा दाजुभाई भोट हालौं सूर्यलाई लगायतका नाराहरु लगाएका थिए।

झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

त्यस्तै जिल्लामा आठ अन्य समूहका मतदाताको सङ्ख्या रहेको छ। जिल्लामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको सङ्ख्या एक हजार दुई सय १५ बढी रहेको बताइएको छ।

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, र्‍याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ।

निर्वाचन प्रचारप्रसार सुरु भएसँगै आयोगले थाल्यो खर्चको अनुगमन

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन्।

विकल्पको पहिलो पाइला निर्वाचन

नेपालीले सामाजिक सञ्जाललाइ त आफ्नो कुण्ठा पोख्ने र नकारात्मकता फैलाउने प्लेटफार्म बनाएकै थिए। अहिलेको उत्साहविहीन निर्वाचनले त्यसलाई थप मलजल प्रदान गरेको छ। मूलधारका दैनिक पत्रिकामा लेख्ने स्तम्भकार र बौद्धिक तथा विचारशील व्यक्तित्वहरूका विचार पनि यो निर्वाचन र यसको परिणामप्रति आशावादी देखिँदैनन्।

नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व हाे, निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुन्छः गृहमन्त्री

उनले भने 'कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ।'

निर्वाचन आयोगले एकै दिन साेध्याे नौ स्पष्टीकरण

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा अनुसन्धान र कारबाही प्रारम्भ हुने बताए।

निर्वाचन सामग्री बैतडी आइपुग्यो

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए। मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए।

मतदातालाई मत बदर हुने चिन्ता

उनले भने, 'मतदान कसरी गर्ने, कति मतपत्र हुन्छ भन्नेबारे हमी अलमलमा छौँ, मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मतदान गर्ने तरिकाबारे थाहा हुन सकेको छैन।'

सत्ताका लागि काँग्रेसको अपवित्र गठबन्धनः नेता बस्नेत

‘विपीले प्रतिपादन गरेको काँग्रेसको प्रजातन्त्र माओवादीसँगको गठबन्धनले खिल्ली उडाएको छ’ पूर्वमन्त्रीसमेत रहेका बस्नेतको भनाइ थियो ‘जाँड रक्सी र गाँजा सेवन गराएर जनता मार्ने पार्टीसँग काँग्रेस मिल्नुले प्रजातन्त्रको संरक्षण र जनताको भावना सम्बोधन हुन सक्दैन।’

ताप्लेजुङमा निर्वाचनका लागि करिब एकहजार कर्मचारी परिचालन गरिने

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निर्वाचन अधिकारी दिनेश खनालका अनुसार ७५ मतदान स्थलका १ सय २३ मतदान केन्द्रका लागि ९ सय ८५ जना कर्मचारी परिचालन गर्न लागिएको हो।

विरासतको रस्साकसीमा कास्की–२ को निर्वाचन

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नं २ मा कसले बाजी मार्ने हो भन्ने विषय बढी चर्चामा छ।

प्रदेशका उम्मेदवार र अजेन्डा ओझेलमा

आगामी मंसिर ४ मा प्रतिनिधिसभा सदस्य र सातैवटा प्रदेशका सदस्यका लागि एकै दिन हुन लागेको निर्वाचनमा सबै राजनीतिक दल प्रतिनिधिसभाकै उम्मेदवार र अजेन्डामा केन्द्रित देखिन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्