२१ आश्विन २०८१ सोमबार
image/svg+xml

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।

कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने

गएको सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए। उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो।

निगमले यात्रुलाई बिचल्ली पारेको प्राधिकरणको आरोप

क्यानले सोमबार विज्ञप्ति जारी गर्दै निगमले आइतबार अनुमति नपाएको दिल्ली उडान गर्ने भन्दै यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोलाएर अलपत्र पारेको आरोप लगाएको हो।

सरकारले शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने

उनले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने बताए। मन्त्री श्रेष्ठले नेपाल संवतलाई व्यवहारमा उतार्न सक्नुपर्ने बताए। मन्त्री श्रेष्ठले उपत्यकाको पर्यटन विकास संस्कृति र सम्पदाको विकास गरेर नै सम्भव रहेको बताए।

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय समुदायको किन बढ्यो चासो?

नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो। एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ।

ग्राउण्ड ह्याण्डलिङमा नेवानिको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए। महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे।

व्यवसायमैत्री वातावरण बनाउन सत्ता गठबन्धन प्रतिबद्ध छः पर्यटनमन्त्री श्रेष्ठ

उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार गम्भीर रहेको समेत उनले बताए। लोकतन्त्र संस्थागत नभइ आर्थिक विकास र विभिन्न पेशा, व्यवसाय र रोजगारीमा संलग्न नागरिकको अधिकार सुरक्षित नहुने भन्दै उनले लोकतन्त्र र संविधानको रक्षा लागि गठबन्धन बनाउनुपरेको बताए।

प्याराग्लाइडिङ प्रतिबन्धबारे प्राधिकरण भन्छः ठूला जहाजको उडान सुरक्षामा सुधार भयो, तर प्याराग्लाइडिङमा भएन

सिजनको मुखमा प्याराग्लाइडिङ उडान बन्द हुँदा व्यवसायीले असन्तोष जनाईरहँदा नेपाल नागरिक उड्डयन प्राधिकरणले भने नेपालको समग्र हवाई उडानको सुरक्षाको लागि केहीदिन उडान रोक लगाएको बताएको छ। हवाई गतिविधिमा सुधार गर्ने क्रममा केहीदिनका लागि उडान बन्द गरेको प्राधिकरणले बताएको छ। प्राधिकरणका अनुसार पोखरामा आइतबार घटेको घटनाको अध्ययन गर्न टिम पनि गठन गरिएको छ। टिमले काम पनि थालिसकेको छ।

प्याराग्लाइडिङ उडान अनिश्चितकालीन बन्द:प्रतिबन्ध फुकुवा नगरे आन्दोलन गर्ने चेतावनी

राजुको दुर्घटनापछि पोखराको आकाशमा हुने गरेको प्याराग्लाइडिङ उडानमा निकै प्रश्न उब्जिए।

नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गर्‍यो

प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो। पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए।

चुनावमा प्रतिगमन र अग्रगमनबीच प्रतिस्पर्धा हुन्छः पर्यटनमन्त्री श्रेष्ठ

वाम–लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री श्रेष्ठले प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलहरूबीच रहेको गठबन्धन कायम रहने बताए। काठमाडौँ निर्वाचन क्षेत्र नं ८ ख को चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गर्दै मन्त्री श्रेष्ठले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने बताए।

सहकर्मी शुभेच्छुकले यसरी सम्झिए वाङ्मय शताब्दी पुरुष जोशीलाई

'सत्यमोहन जोशी एउटा यस्तो व्यक्ति हुनुहुन्छ, जो १०३ वर्षसम्म अनवरत अध्ययन, शृङ्खलाबद्ध रूपमा राष्ट्रको श्रीवृद्धि गर्नमा योगदान गर्नुभएको छ, उहाँको योगदानको अहिले वयान गरेर साध्य हुँदैन',

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही हुने

नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने: ‘नेपाली आकाश सुरक्षित छ’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताएका छन्।

पर्यटनमन्त्री श्रेष्ठ उडे क्यानडा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्