३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगले माग्यो पर्यटन मन्त्रालयसँग जवाफ

निर्वाचन आयोगले नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले गरेको हो होइन भन्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जवाफ पठाउन पत्र पठाएको छ।

‘चुनावको मुखमा एनएसीको मुख्य आम्दानीमा कैँची लगाउँदै हिमालयलाई ग्राउण्ड ह्यान्डलिङ अनुमति’ भन्ने व्यहोराको समाचार बिजमाण्डु डटकममा प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ।  

आयोगले पठाएको पत्रमा भनिएको छ, 'उल्लेखित सन्दर्भमा नेपाल वायुसेवा निगमले मात्र गरिरहेको ग्राउण्ड ह्यान्डलिङ्गको कार्य हिमालय एयरलाइन्सले समेत गर्ने गरी अनुमति प्रदान गर्न लागिएको हो, होइनरु यो पत्र प्राप्त भएको दुई दिनभित्र यथार्थ व्यहोरा खोली जवाफ पठाउनुहुन निर्णयानुसार अनुरोध छ।'रासस

प्रकाशित: १७ कार्तिक २०७९ १५:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App