ढुंगाले हान्नेलाई फूलले हान्ने संस्कार छ आफ्नो त
आउँछौ भने फर्किएर दिलको ढोका खोलिदिउँला,मुटुमाथि ढुंगा राखेर नि मीठो बात बोलिदिउँला। ढुंगाले हान्नेलाई फूलले हान्ने संस्कार छ आफ्नो त,तिमीले दिएका घाउका अवशेष सबै पोलिदिउँला।
आउँछौ भने फर्किएर दिलको ढोका खोलिदिउँला,मुटुमाथि ढुंगा राखेर नि मीठो बात बोलिदिउँला। ढुंगाले हान्नेलाई फूलले हान्ने संस्कार छ आफ्नो त,तिमीले दिएका घाउका अवशेष सबै पोलिदिउँला।
राति खाना खाने बेलामा आए खाना खाएर सुत्ने कोठामा गए। नारी दिवसको उपलक्ष्यमा हिमेशले सारुलाई एउटा उपहार र उपहारको मास्तिर एउटा कागजमा ठुल्ठुला अक्षरले लेखिएको थियो -तिमी मेरो अर्धाङ्गिनी मात्रै नभएर सर्वाङ्गिनी हौ। किनभने बिहेको अघिबाटै मलाई मुटुको रोग थियो तर मेरो आमाबुबाले झुटको सहारा लिएर मेरो बिहे तिमीसँग भयो।
आज एउटाको नारा लाउँदै हिंड्छु भोलि अर्काको, चर्काे कुराकानी गर्दै मासुभात खाँदै साथीसँग छुट्नुपर्ला। सँगसँगै जम्मा भएर हिंड्ने हो सबै हामी त एकैचोटि, आज फेरि अर्को पार्टीले काम बिगार्यो रे त्यता नि जुट्नुपर्ला।
रोवर्टकी आमा आफ्नो बुढा पनि बमको शिकारमा परे कि भनेर मानसिक तनावमा परे पनि छोरालाई केही भनेकी थिइनन्। उनीहरूसँग खानेकुरा पानी केही थिएन। साँझ परेपछि एउटा भाँडा बाहिर राखेर शीत थापेर पानीको प्यास बुझाएका थिए। साँझपख नै वरपरबाट हरियो घाँस बटुलेर त्यही चपाएर भोक र प्यास मेटाएका थिए।
सके सबैको प्रिय बनी जिउनुस् नेताज्यू, दहीचिउरे आफ्नो मुख सिउनुस् नेताज्यू। इज्जतको नि सीमा राख्नुपर्छ मधुशालामा, जनताको खुन -पसीना नपिउनुस् नेताज्यू।
बनावटी हाँसो हाँस्नु कतिञ्जेल,सहाराबिना जीवन बाँच्नु कतिञ्जेल। रमाउँछन् सन्तान युरोप–अस्ट्रेलियामा, ढल्किंदो उमेर छ साँच्नु कतिञ्जेल।
गजब छ प्रवृत्ति आमा ढाँटे नि सजिलै स्वघोषित बहादुर म? खोजौं मिलन विन्दु भत्काऊँ स्वार्थी पर्खाल जुटे पो बन्छ नि नेपाल!
कहिले समथरमा टेक्छु कहिले भीर टेक्छु, यी आँखामा झलझल्ती तिम्रै तस्बिर देख्छु। खुसी भेटिंदैनन् कोही पनि अचेल यहाँ, जहाँ जे भेट्छु स्वार्थ लुकेको नजीर भेट्छ।
‘धन्न,के कसो पर्ला’ भनेर बाख्रो बेचेको रुपैयाँ-पैसा पनि साथै थियो र पुग्यो। उनको मनमा भने एउटा कुरा खेलिरह्यो, ‘अरूलाई भने पनि डाक्टरलाई त मैले केही भन्न पाएकै छैन तर कति धेरै औषधि लेखेछन्।’
नक्कलीको जमाना आयो, अकबरी सुन थन्किएको छ, इज्जत ढाकेको टालोमाथि,हरियो माखा भन्किएको छ। जता हेर्यो उतै उस्तै, कतै मन बुझाउने ठाउँ छैन, यो विनाशको चर्तिकला देख्दा, भित्र आगो दन्किएको छ।
शालीन तिम्रो मुहार छ, मिठो तिम्रो बोली, आज मलाई भन्न मन छ,यो हृदय खोली। रूप राम्रो,गुण राम्रो,राम्रो तिम्रो बानी, सोच उच्च, विचार उच्च,मायालुकी खानी।
एकदिन औषत दिनभन्दा अबेर गरी अफिसबाट घर फर्कें। घरमा आइपुग्दा छोरीले होमवर्क सकेर मेरो प्रतीक्षामा रहिछ। मलाई देख्नासाथ एउटा कागजको टुक्रा देखाउँदै ‘बाबा यहाँ सही गर्नुस्’ भनी काखमा टाँसिई। पट्याइएको कागजमा के लेखिएको छ, थाहा भएन। उसको जबर्जस्तीमा म सही गरिदिएँ।