१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

तिम्रो आस्था मेरो शब्द

तिमी पाइला ढुंगा उक्लिंदै देउराली अनन्त चूपचाप ईश्वर मनको देउता बोकेर शैशव फूलका गुच्छा एउटा न्यानो अभिवादन मन्दिर कक्षभित्र केही सलेदो सकिएका दियोहरू कतै वर्तन निख्रिएका विश्वास मन गुडाउँदै चेतनाको धूप हो त जिउँदै रहेछ ईश्वर मनको पराग पगालेर जब पोखिन्छ ज्योत्सना अनि त शान्ति छ निश्वासमा एकापट्टि ईश्वर छाम्नेहरू उसको देवता उम्किएको देख्दैनन्।

बोल्ने रोग

पहिले उनको होस र जोस देखेर सबै कृतार्थ थिए। सबै जना उनी जस्ता कुशल कर्मचारी पाउन गाह्रो छ भन्थे। संस्थाले २० वर्ष उनको सेवा लिएको थियोे। उनलाई ६ पटक त ‘सर्वोत्कृष्ट कर्मचारी’ उपाधिले विभूषित गरेको थियोे। समय पाको हुँदै गयो। शारीरिक रूपमा उनको कार्य क्षमता कमजोर हुँदै गयो। उनी काउछो सावित हुँदै गए।

पासाङ शेर्पाको ‘कोरोना कथा’ सार्वजनिक

लेखक एवं केश विन्यास उद्यमी पासाङ शेर्पाद्वारा लिखित संस्मरणात्मक कृति ‘कोरोना कथा’ सार्वजनिक भएको छ। ग्रन्थमा कोभिड–१९ (कोरोना भाइरस) महामारी प्रभावमा रहेका नेपाली र समग्र जनजीवनले भोग्नुपरेको समस्या र यसले पारेको असरलाई लिएर लेखिएको छ।

उखान के कहन्छन्?

खोला तरेर लौरो बिर्सिदिएर जान्छन् हुँदा गेडी मसँगै छैनन् ती टाढा हुन्छन्। तिवारी ताक पर्दा नत्र गोतामे बन्छन्,पोखी राडीमा सातु लाजले खान्नँ भन्छन् सिङै त छैन जसको नामै तिखे उसैको,देखावटी ती गर्छन् केरा दिई पुसैको।

एक्लो सल्लाको रुख

उफ! कस्तो देखिंदो हो त्यसको चेहेरा हेर्न चाहन्छ यो आधुनिक युग एउटा मिल्दोजुल्दो अनुहार राजधानीबाट अज्ञानताको लाश बोकेर प्राचीन राजधानी हतुवागढी आइपुगेको छ यतिखेर तपाईहरू सामु शब्दमा आफ्नो चित्र कोरिरहेको छ यो कविता नै उसको विस्तृत रूप हो नपत्याए छामी हेर्नुस्, पाउनुहुनेछ आफ्नै चेहेरा ...।

घोषणा–पत्र

उसले यसपटक ल्याएको ब्रह्मास्त्र मतदाताका हातहातमा पर्‍यो। उत्सुक भएर सबैले ध्यानपूर्वक अध्ययन गरे। रंगीन सपनाहरू बाँडिएको हावाको घर जसको सार यस्तो थियो– ‘कागज अर्कैको, मसी अर्कैको, कलम अर्कैको र विचार अर्कैको तर घाोषणा पत्र हाम्रो!’

कर्मपथ

आज तिनै जीवन पनि समय,युग, सृष्टि चक्र, पहिचान,नाता,सम्झौतासँग विधाताका निर्णय लिएर कर्मपथमा अडिग भै बाँचेको

शैली

बेलुका चुनावी अभियान टोली उनलाई भेट्न गए र सोधे, ‘तपाईंले उल्टो भाषण गर्नुभयो। तपाईंले प्रशंसा गरेपछि कसरी चुनाव जित्ने?’ उनले भने,‘कत्ति नडराउनुस्। चुनाव हामी जित्छौं।’ उनीहरू भने, ‘कसरी?’ उनले जवाफ दिए, ‘अब हिलो छ्यापेर चुनाव जित्ने होइन,मन जितेर जित्ने

गहना

उनी बोलिन्,‘कति रिस गर्छौ मोरी हो मेरो। जम्मा आठ तोला सुनका गहना हुन्। पतिसँग माग्न पनि जान्नुपर्छ क्या! माइत जाने हो। भाइको विवाह छ। दिदी, बहिनी, भाउजू र बुहारीमध्ये सबैभन्दा उत्कृष्ट घरानियाँ देखिनुपर्‍यो नि!’

डायग्नोसिस

मदन परियारलाई सम्झाउँदै डा. रुइतले भने, ‘पूरा शरीर नजाँची आधा समस्या देखेर गर्ने उत्तेजित डायग्नोसिसले क्रान्तिकारी साथीहरूले प्रकाश सपुतको पीर गीतको बारेमा गरेको भद्दा टिप्पणी जस्तो हुन्छ।

साँढे

विश्वमा साँढेको विगविगी हुनाले पाशुपत क्षेत्र पनि अछुतो थिएन। शिवभक्त हुनाले उसको तागत चानचुने कहाँ हो र? अझ त्यसमा पश्चिम दिशाबाट डामेर छोडिएको बहर साँढे।

बादलहरूको जुलुसमा

मानौ,ऊ बुद्धत्व यशोधरा हो जीवनलाई खप्तड देख्नेहरू संघर्ष त्यहाँ पनि छ संघर्षबिना हुँदैन पूर्णता जसरी आकाशमा बादलहरू समयको मागमा बदलिंदै जान्छ किन यो अवस्थामा ऊ दिन सक्दैन उसको जवाफ युगयुगले किनकि सरिक हुँदै छ ऊ बादलहरुको जुलुसमा।

चिन्ता लाग्छ भोलि देश कतातिर जाला

हिमाल,पहाड,मधेस कतातिर जाला,हाम्रो भाषा हाम्रो भेष कतातिर जाला। प्राकृतिक हराभरा गोर्खालीको गौरव, चिन्ता लाग्छ भोलि देश कतातिर जाला।

सुन्दर सपना

मैले भने,‘तिमीहरूलाई राम्रो मान्छे बन्नु छ भने यस्ता नराम्रा कुराहरू छोड्नुपर्छ। तिमीहरूले देखेको सुन्दर भविष्यको सुनिश्चितताका लागि मेरो ठूलो कर्तव्य रहेछन्।’

कलाको एस्थेटिक्स मूल्य–मान्यता

कसरी अवस्थाले कलाकारलाई एस्थेटिक्सको धारबाट बहकाएर अयन्त्र कतै लैजाँदो रहेछ भन्ने चित्रण गर्नका लागि यहाँ दादा र अति यथार्थवादीको कला आन्दोलनको प्रसंग जोडिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्