६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

शैली

लघुकथा

खगेन्द्र बस्याल

क र ख फफरक दलका लोकप्रिय नेता थिए। उनीहरू दुवै एकै क्षेत्रबाट चुनाव लडे।

कको चुनावी सभा चलिरहेको थियोे। सबैको अनुमान थियोे, खलाई चुनावमा पछार्न उनले तल्लो स्तरमा पुगेर गाली गर्नेछन् तर उनले खको प्रशंसा गर्न थाले। त्यो सुनेर उनका कार्यकर्ता रुष्ट भए।

बेलुका चुनावी अभियान टोली उनलाई भेट्न गए र सोधे, ‘तपाईंले उल्टो भाषण गर्नुभयो। तपाईंले प्रशंसा गरेपछि कसरी चुनाव जित्ने?’

उनले भने,‘कत्ति नडराउनुस्। चुनाव हामी जित्छौं।’

उनीहरू भने, ‘कसरी?’

उनले जवाफ दिए, ‘अब हिलो छ्यापेर चुनाव जित्ने होइन,मन जितेर जित्ने हो।’  

प्रकाशित: ६ चैत्र २०७८ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App