रश्मि रिमाल
एकदिनको कुरा हो,म र साथी पैदलयात्रामा थियो। हामी घुम्दै थियौ। हामी रत्नपार्कतिर पुग्यौ। यो क्रममा एउटा फुच्चेले मेरो पर्स चोरेर भागे र म उसको पछिपछि दौडे र उसलाई भेटाएँ तर तिनीहरूले उल्टै गाली गर्न सम्भावना देखेर मैले राम्रै तरीकाले तिनीहरूसँग मेरो पर्स दिन आग्रह गरें।
यस्तैमा मेरो साँझमा खाने खाना छैन। दिदी, सबैले मलाई हेप्छन् तर हामी पनि मान्छे हौं। हामीमध्ये धेरैजसो बिग्रिएको र नसाले मातिएकाजस्तै देखिन्छौ।
– तर, वास्तवमा त्यो होइन। हामीले आफ्नो भोक थाम्न नसकेर सडकमा जे भेटियो त्यही लिन्छौं। यस्तामा कहिले राम्रो चिज पर्छ।
–दिदी चोरेर खानु पनि हाम्रो रहर होइन। हामी यही चोरेको पैसाले केही किनेर खान्छौ।
–यो हाम्रो जीवनको पहिलो संघर्ष होइन। के गर्न जे जस्तो भए पनि बाँच्न मन सबैलाई लाग्दो रहेछ।
म सोचाइमा डुबी बोलेको देखेर अघि बोल्नेचाहिं भन्दै थिए।
मैले भने,‘तिमीहरूलाई राम्रो मान्छे बन्नु छ भने यस्ता नराम्रा कुराहरू छोड्नुपर्छ। तिमीहरूले देखेको सुन्दर भविष्यको सुनिश्चितताका लागि मेरो ठूलो कर्तव्य रहेछन्।’
जन्मनु उनीहरूको दोष होइन। कोहीकोहीका राम्रै आमाबाब भए पनि नराम्रो बाटामा लागेका होलान्।
देशको व्यवस्था, कुर्सीमा लड्ने, नेता भाषण छाँट्ने नेताहरूदेखि शिक्षक, डाक्टर एकपल्ट सबैलाई सम्झे। सबै आआफ्नै स्वार्थमा छन्।
मेरो बुवा भन्नुहुन्थ्यो, सबैको मुहारमा खुसी छाउनुपर्छ।’
मे सोचाइमा पर्दै थिएँ।
यिनीहरूको बारेमा कुरा गरिरहँदा त तिनीहरूको खुशी नै मेरो सन्तुष्टि हुनेछ।
प्रकाशित: ५ चैत्र २०७८ ०४:४१ शनिबार