२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

बनावटी हाँसो हाँस्नु कतिञ्जेल

मुक्तक

तारा केसी 

१) मुक्तक

बनावटी हाँसो हाँस्नु कतिञ्जेल,

सहाराबिना जीवन बाँच्नु कतिञ्जेल।

रमाउँछन् सन्तान युरोप–अस्ट्रेलियामा,

ढल्किंदो उमेर छ साँच्नु कतिञ्जेल।

२) मुक्तक

गफ लाएर हुन्छ,

कसम खाएर हुन्छ।

जनताले नपत्याएपछि,

नारा गाएर हुन्छ।

  ३) मुक्तक

तिम्ले लेक चढ्नुपर्छ, बेंसी झर्नुपर्छ,

जन्मेपछि माटोमा सुगन्ध छर्नुपर्छ।

यो देश बनाउने जिम्मेवारी पायौ भने,

अन्धकार चिर्दै अघि बढ्दै काम गर्नुपर्छ। 

 ४) मुक्तक

हिमाल,पहाड, तराई हिंड्ने बाटो होस्,

जहाँ पुगे पनि टेक्ने देशको माटो होस्।

के गर्नु चौरासी व्यञ्जन खाएर पराई मुलुकमा,

सन्तुष्टि मिल्छ आमाको साथ खाँदा बरु आटो होस्।

५) मुक्तक

भाइ नचाहिने आँगनको बाटो,

चाहिने शत्रुभाव राख्ने उसैको माटो।

चाहिने सिंत्तैमा दिए अरूकै लिने पाएसम्म,

आफ्नो छोड्नु पर्दा उसलाई साटो चाहिने।

प्रकाशित: ९ चैत्र २०७८ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App