दिनेश निरौला
माघको जाडो। ऊ पातजस्तै हरियो थियो। सकीनसकी चलमलाउँथ्यो।
देख्नेले भन्थे, ‘हावा नचली पात हल्लिएको हो।’
रातभर केके योजना बनायो। ऊ अलपियो। सबैको मनमा हरियो छेपाराको छाप थियो।
जेठको मध्ये दिनमा फेरि छेपारो देखियो तर अचम्म छेपारो आगोको रापजस्तो लाललाल खाइलाग्दो थियो।
एउटाले भन्दै थियो, ‘नेता बन्न छेपाराको रंग लिन सक्नुपर्छ।’
प्रकाशित: ११ चैत्र २०७८ ०३:०४ शुक्रबार