२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

आज एउटाको नारा लाउँदै हिंड्छु भोलि अर्काको

गजल

समीर दाहाल

यसपालि त म पनि चुनावमा पक्कै उठ्नुपर्ला,

छक्याउँदै ढाँट्दै झुट बोल्दै सकेसम्म लुट्नुपर्ला।

पाँच/छ लाखको बाइकमा नकुदी त सान नै भएन,

हिजोआज अर्को टोले गुन्डा आयो रे त्यसलाई नि कुटनुपर्ला।

आज एउटाको नारा लाउँदै हिंड्छु भोलि अर्काको,

चर्काे कुराकानी गर्दै मासुभात खाँदै साथीसँग छुट्नुपर्ला।

सँगसँगै जम्मा भएर हिंड्ने हो सबै हामी त एकैचोटि,  

आज फेरि अर्को पार्टीले काम बिगार्यो रे त्यता नि जुट्नुपर्ला।

तात्तातो बोली आउँछ रे चियापसलमा आजभोलि,

यसपालि त एउटा पार्टीलाई लुटियो अब त फुट्नुपर्ला। 

प्रकाशित: ११ चैत्र २०७८ ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App