२३ आश्विन २०८१ बुधबार
image/svg+xml

विकार

विद्यालयको एक चक्कर काटेर हैन यी केटाहरू घन्टीपिच्छे शौचालय किन जान्छन् हँ भन्दै प्राचार्य अफिसमा पस्दै थिए। हतारहतार हाजिरी पुस्तिकामा हस्ताक्षर गरेर घर कुद्न पालो कुरेका युवा शिक्षकहरू साँप्रा ठटाएर हाँस्न थाले भने शिक्षिकाहरू मुख छोप्दै बाहिरिए।

गौरव

उद्घोषिकाले मञ्चमा आमन्त्रित गर्दै भनिन्, ‘यो वर्षको उत्कृष्ट पुरस्कार मानव जातिको हितका लागि सहयोग पुर्‍याउने व्यक्तित्व पासाङ लामालाई जान्छ।’ हत्तपत्त पासाङ लामाले माइक समात्यो। केही बेर मञ्चको अघिल्तिर ठिङ्ग उभियो। आँखाभरि आँसु चुहाउँदै भन्यो, ‘उहाँले दण्ड नदिएको भए म उदण्ड हुन्थें। अपराध गर्थें। यो लगानी तथा गौरव रामवरण सरको हो।’

तन्नामे

अधिकृत मुसुक्क हाँस्दै बोले,‘म प्रक्रियामा राखिदिउँला, हुनेनहुने कानुनको हात छ। खर्चबर्चको कुराचाहिँ मसँग नगर्नुहोला। मलाई त्यो चल्दैन। म इज्जतमा रमाउँछु। म पैसाका लागि तन्नामे कमलप्रसाद हुँ।’

पद पाएपछि क्रान्तिकारी नि बिक्दा रहेछन्

परिस्थिति हेरेर बोली फेर्न सिक्दा रहेछन्, यस्ता मान्छे रङ बदल्दै जहाँ नि टिक्दा रहेछन्। पत्याउनु पनि गलत थियो तिनीहरूलाई, पद पाएपछि क्रान्तिकारी नि बिक्दा रहेछन्।

मृत्यु उत्सव

सुबेदार बलविरले आफ्नो जीवनको सबैभन्दा सुखद् र खुसीको क्षण त्यसै दिनलाई माने जुन दिन उनका लागि चिहानघर तयार भएको थियो। त्यस दिनदेखि उनी नयाँ घरमा सर्ने साइत पर्खदै भगवानलाई पुकारिरहेछन्,‘हे भगवान्, मलाई छिट्टै लिन आऊ...!’

उसको श्रमको आडमा नै आफ्नो पेट भर्छौ

उसको श्रमको आडमा नै आफ्नो पेट भर्छौ, जीवनयापन गर्न उसकै सीपको भर पर्छौ। तैपनि भिडाई उसलाई अछुतको बिल्ला, पानीबाट बाहेक पार्ने नीच काम गर्छौ।

लहर

तिम्रो यादको झ्यालबाट मैले परपरसम्म हेरें सोनक्लिपका किनारमा सम्झनामा लहर आइरहे, गइरहे किनारको बालुवामा लेखिएको थियो तिम्रो नाम एउटा लहरसँगै बगेर गयो मैले टोलाएर हेरिरहें सपाट बालुवाको मैदान तिम्रो नाम बोकेर गएको लहर यतिबेला कहाँ पुगेको होला?

छोरी

आमाले छोरी समाऊ भनेर फेरि मलाई छोरी थमाइदिनुभयो अनि छोरी हेरेर अनायसै मेरो आँखाबाट आँसु बहिरह्यो। गोरी तर पीठाको डल्लाजस्तै साह्रै सानी थिई ऊ। मैले उनलाई ज्याकेटमा लुकाएँ।

छद्मभेष

पाँच दिनपछि पप्पी खुसी र बोका दुखी देखिए। उसले पशु अधिकारकर्मीहरूलाई सम्झ्यो तर केही उपाय थिएन। रुँदैरुँदै मुखिया बाकोपछि लाग्यो। केही समयको हिंडाइपछि मान्छे नै मान्छे भएको ठाउँ आयो। एक भुसतिघ्रे भन्दै थियो, ‘यसको मार मै हान्ने हो, मुखिया बा।’ बोकाले यसो मुन्टो उठाएर के हेरेको थियो। हातमा खुकुरी समातेर मार हान्न खुराफात गर्ने उही पशुअधिकार कर्मी थियो।

अमेरिकी सपना र संघर्षको दस्तावेज ‘सपनाको उडान’

अमेरिकी केटीसित कागजी विवाह गर्दा पनि तिनले माग्ने मोटो रकम लिएर ती सम्पर्कविहीन भइदिने स्थिति समस्या उपन्यासमा आएका छन्। यी कथ्यबाट अमेरिकामा स्थायी बसोवास गर्न नेपालीले भोग्नुपरेका समस्याका विभिन्न पाटालाई देखाउन खोजिएको छ।

घाम उहीं छ पानी उहीं छ बदलिएन परिवेश

घाम उहीं छ पानी उहीं छ बदलिएन परिवेश, बद्लियो जो थियो केवल पात्र मात्र भाखाभेष। सकिएन बुझेर बुझी खेल समय बदलिए पनि,जो मीठो सपना तर्केर गयो नमीठो भो जिन्दगानी।

अपुरो-अधुरो

केही छटपटी अधुरो रह्यो, केही पीडा अधुरो रह्यो।प्रियतमा तिम्रो प्रीतबिना, मेरो प्रेम सधैं अधुरो रह्यो।

हो साँच्चै नै तिमीमा केही छ र त सबै मान्छे झुमिराछ्न्,

हो साँच्चै नै तिमीमा केही छ र त सबै मान्छे झुमिराछ्न्,तिम्रो साथ नपाउनेहरू पनि तिम्रै फोटो हेरी चुमिराछ्न्। तिम्लाई यसको असर र भान नै कहाँ पर्या छ र सानी,तिमी आकाशमा उडिराछ यहाँ मान्छे भने घर घुमिराछ्न्।

हिरामोती जडेकै भए तापनि पाउजुलाई शिरमा सजाइँदैन

नराम्रो कुरामा चित्त लगाइँदैन, अर्काको काँध चढेर रमाइँदैन।हिरामोती जडेकै भए तापनि, पाउजुलाई शिरमा सजाइँदैन।

महिलाको ज्यान गयो

जति छन् सामाजिक कुप्रथा, बिस्तारैबिस्तारै घटाउनुपर्छ, यो समाज चेतनशील पार्न, शिक्षित वर्ग खटाउनुपर्छ। दाइजो प्रथा अनि छाउपडीले, धेरै महिलाको ज्यान गयो, यस्ता प्रथा झन् हामीले, जरैदेखि हटाउनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्