coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

घाम उहीं छ पानी उहीं छ बदलिएन परिवेश

गीत

रमेशजंग सिजापति

बद्लिएन घामपानी हेर खुलेन अझै क्षितिज,

खुलेन आकाश  वसन्तमा झुल्केन तारा नजिक।

हाँसेनन् कहीं  कतै  मन यस्तै छ यहाँको हाल,

लाग्छ बन्दैछ आँगन अझै तीव्र चाल देख्दा खाल।

बुझ्दा कामकुरो उस्तैउस्तै कस्तो होला त  बिहानी,

सपना जो मीठो तर्केर गयो बेहाल भो जिन्दगानी।

बदलिएन परिवेश कसैगरी उहीं नै छ घामपानी,

सुख पर्खी बस्दाखेरिमा गयो एकबारको जिन्दगानी।

प्रकाशित: १३ माघ २०७८ ०५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App