१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

हो साँच्चै नै तिमीमा केही छ र त सबै मान्छे झुमिराछ्न्,

गजल

समीर दाहाल

हो साँच्चै नै तिमीमा केही छ र त सबै मान्छे झुमिराछ्न्,

तिम्रो साथ नपाउनेहरू पनि तिम्रै फोटो हेरी चुमिराछ्न्।

 

तिम्लाई यसको असर र भान नै कहाँ पर्या छ र सानी,

तिमी आकाशमा उडिराछ यहाँ मान्छे भने घर घुमिराछ्न्।

 

नशा नै होकि यस्तो एकोहोरो बनाउने या मायाजाल हो,  

भौंतारिंदै हिंडेको पागलप्रेमी जस्तो सबै तिमीतिरै हुमिराछन्।

 

तिम्ले चाल्ने हरेक पाइलामा फरक भएको पाउँछु अचेल,  

तिम्ले बिछ्याइएको चालको जालमा दिनदिनै प्रेमी गुमिराछ्न्।

प्रकाशित: १३ माघ २०७८ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App