१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

अपुरो-अधुरो

कविता

त्रिविक्रम पाण्डे

केही वाचा अधुरो रह्यो,

केही कसम अधुरो रह्यो।

मुहारबाट प्रस्फुटित प्रश्नबिना,

हरेक उत्तर आखिर अधुरो रह्यो।

केही गीत÷गजल अधुरो रह्यो,

केही भाव-विचार अधुरो रह्यो।

मनले चाहेझैं तिमीमाथि नलेखी,

मेरो कविता यहाँ अधुरो रह्यो।

केही पल अधुरो रह्यो,

जस्तो कि चन्द्रमा अधुरो रह्यो।

निद्रा नआउँदा यी आँखामा,

मेरो सारा सपना अधुरो रह्यो।

केही सुवास अधुरो रह्यो,

कुनै बगैंचा अधुरो रह्यो।

रसिलो सुगन्धबिना वातावरण,

हर ऋतु÷याम अधुरो रह्यो।

केही छटपटी अधुरो रह्यो,

केही पीडा अधुरो रह्यो।

प्रियतमा तिम्रो प्रीतबिना,

मेरो प्रेम सधैं अधुरो रह्यो।

प्रकाशित: १३ माघ २०७८ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App