coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

महिलाको ज्यान गयो

मुक्तक

निर्मला कुँवर

  (१) मुक्तक

उसको दिलबाट निकाली मलाई, मनको ढोका थुनेर गई,

तिमीबिना मर्छु भन्थी,आज अर्कैलाई चुनेर गई।

माया लगाई मुटु साटी,सँगै जिउँछु भन्थी पनि,

खै किन हो अर्कैसँग, मायाजाल बुनेर गई।

  (२) मुक्तक

जति छन् सामाजिक कुप्रथा, बिस्तारैबिस्तारै घटाउनुपर्छ,

यो समाज चेतनशील पार्न, शिक्षित वर्ग खटाउनुपर्छ।

दाइजो प्रथा अनि छाउपडीले, धेरै महिलाको ज्यान गयो,

यस्ता प्रथा झन् हामीले, जरैदेखि हटाउनुपर्छ।
(३) मुक्तक

आफैं निकाल जलविद्युुत, बिन्ती देशको पानी नबेच,

कता छन् खोजीखोजी, यो देशका खानी नबेच।

देशको धन भनेको त, अमूल्य पो हुनुपर्छ,

आफ्नो स्वार्थ पूरा गर्न, मूल्यहीन ठानी नबेच।

 (४) मुक्तक

नारी तिमी सक्षम बन, कसैको भर परेर हुँदैन,

आफ्नो श्वास धान्न समेत, अरूको आश गरेर हुँदैन।

जागिर खाऊ सीप सिक, श्रम गर, पसीना बगाऊ,

आफूलाई कमजोर ठानेर तिमी, सधैं पछि सरेर हुँदैन।

 (५) मुक्तक

जसले छल्छ दुनियाँलाई, उसलाई समयले छल्ने दिन आउँछ,

जस्तै मै हुँ भन्नका पनि, अन्तिम घडी ढल्ने दिन आउँछ।

अरूलाई ठग्नु, छल्नुअघि, सोच्दैन मान्छे मर्नुपर्छ भन्ने,

तर कुनै दिन चिहानमा पुरिने, या त चितामा जल्ने दिन आउँछ।

प्रकाशित: १२ माघ २०७८ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App