१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुर्घटना एकको मृत्यु

मन्थली नगरपालिका–२ लिपेखोलानजिकै मंगलबार ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने अन्य दुईजना घाइते भएका छन्।

'नो हेल्मेट, नो पेट्रोल’ अभियान शुरू

मेचीनगरमा रहेका पेट्रोल पम्पमा नो हेल्मेट, नो पेट्रोल’ अभियान सञ्चालन गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको अभियानलाई सहयोग गर्दै पेट्रोल पम्पहरुमा सो नियम लागू गरिएको हो

दुर्घटनामा परी एक जनाको मृत्यु ३ जना घाइते

आइतबार छुट्टाछुट्टै तीन ठाउँमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १५ घाइते

धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।  खरीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको ग १ ज ५४३१ नम्बरको जीप अनियन्त्रित भइ सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिए। दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

ट्र्याक्टर दुर्घटनामा परी दुईको मृत्यु

आठबीसकोट नगरपालिका–६ मन्कावगरमा शनिबार विहान ट्र्याक्ट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

एकैदिन तीन सरकारी मोटरसाइकल दुर्घटना, ४ घाइते

सरकारी स्वामित्वमा रहेका तीन वटा मोटरसाइकल एकै दिन दुर्घटनामा परेका छन्। बुढीगंगा नगरपालिकाको नाममा रहेका २ वटा र जगन्नाथ गाउँपालिकाको नाममा रहेको १ वटा मोटरसाईकल दुर्घटनामा परेको प्रहरीले बताएको छ।

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना १ ज ४६५६ न. को जिप रोल्पा नगरपालिका ७ भलमा नजिकै भिरबाट तल खोलामा खस्दा धवाङ निबासि ३० बर्षिय चालक तिलबहादुर बुढामगरको मृत्यु भएको हो।

अछाममा जीप दुर्घटनाः २ जनाको मृत्यु, ५ घाइते

अछामको साँफेवगरबाट मेल्लेख गाउँपालिकाको कस्कोटको लागि छुटेको यात्रुवाहक जीप नन्देगडा बजार नजिकै दुर्घटना भएको हो।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

जिल्लाको पाणिनी गाँउपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन्।

दुर्घटनामा दुईको मृत्यु, तीन घाइते

पोखरामा गए राति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु भएको छ भने तीन घाइते भएका छन्। पोखरा महानगरपालिका–३२ गगनगौँडामा गए राति ग७प ७४२८ नम्बरको मोटरसाइकल र ग११प २३५८ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरको पछाडि बसेका पोखरा नदीपुर निवासी १८ वर्षीय जगबिन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए।

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु

मकवानपुरमा फरक–फरक दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मकवानपुरको हटौँडा–५ मा बुधबार राति मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री मकवानपुरगढी–४ का ४० वर्षीय सोमलाल घलानको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा एक जनाको मृत्यु

ग्रामिण सडकमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । भागेश्वर गाउपालिका वडा नं. ४ डुङरी रानागाउ नजिक बुधबार बिहान करिब १० बजेतिर जिप दुर्घटना भएको हो ।

जीप दुर्घटनामा एकको मृत्यु

डडेल्धुराको अजयमेरु गाउँपालिका–५ देवलबाट जिल्ला सदरमुकाम आई रहेको म १ ज २१० नं को जीप आज बिहान दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्