१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा ३ घाइते

बाजुरा– बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ। से १ ज १०६४ नम्बरको जीप बिहिबार बुढीनन्दा नगरपालिका १ मटेला गाउँ नजिकैको ओरालोमा ब्रेक फेल भइ दुर्घटना भएको प्रहरीले जानकारी दिए।

जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा कि १७ बर्षीय सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका १० ह्यायाङ्लु निवासी वर्ष २८ कि जनदेवु रोकाया र भारत सितामरी घरभएका २८ वर्षका सुनिल शाह घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जानकारी दिएको छ। ३ घाइते मध्ये सिर्जना कार्की र जनदेवु रोकायालाई  थप उपचारका लागि हवाई जहाजबाट नेपाल्गन्ज पठाएको इलाका प्रहरी कार्यालय कोल्टी बाजुराले जनाएको छ। उक्त जीपमा चालकसहित ९ जना सवार रहेका थिए।

प्रकाशित: १२ भाद्र २०७६ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App