१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सुर्खेतमा बस दुर्घटना : तीन जनाको मृत्यु, २७ घाइते

जाजरकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बस बुधबार बिहान रत्न राजमार्गअन्तर्गत पर्ने भेरीगङ्गा नरगपालिका–५ स्थित हर्रेमोडमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सिनामंगल टिपर दुर्घटना : अर्काको गल्तीले ठूलो क्षति

काठमाडौंको चावहिलमा बस्ने ओखलढुंगाका पुछाङ भोटेले १० वर्षयता घर बनाउने र रङ पोत्ने काम गर्दै आएका थिए। सोमबार उनी सधैंजस्तै लुँभुमा घर निर्माणको काम गरेर डेरातर्फ लाग्दै थिए। घर फिनिसिङको काम अन्तिम चरणमा पुगेकाले त्यो दिन डेरा फर्कन अलि ढिलो भएको थियो उनलाई। उनीसँगै उनका भान्जा घाङ्दुक भोटे पनि घरमा रङ पोत्ने काम गर्दै आएका थिए। प्रायः मामा भान्जा सँगै डेरा फर्कन्थे। सोमबार पनि मामाभान्जा त्यसैगरी डेरा फर्कंदै थिए। लुँभुबाट डेरातर्फ लाग्दा साढे सात बजेको थियो।

स्काभेटर दुर्घटना हुँदा एकको मृत्यु

रुकुम पश्चिममा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका निर्माणधिन बादरपानी–गैरनेटा–स्याउलीबजार–कुरलपेउघा कृषि सड्कको काम गरेर फर्कने क्रममा दुर्घटना हुँदा सहचालक दाङ गढवा गाउँपालिका–७ का २६ वर्षीय उत्तमकुमार चौधरीलाई मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

एकैपटक २५ सय टिपर रिङरोडमा

महाशाखाको तथ्यांकअनुसार गत वर्ष र यस वर्षगरी उपत्यकामा ३० भन्दा बढीले टिपर दुर्घटनामा ज्यान गुमाइसकेका छन्। ट्रिपर र मिनी ट्रक दुर्घटनाको मुख्य कारक भएको ट्राफिक प्रहरीको भनाइ छ।

बसको ठक्करबाट महिलाको मृत्यु, एक घाइते

दमौलीबाट छाब्दी जाँदैको गरेको बसको टक्करबाट एक जना महिलाको मृत्यु भएको छ। छाब्दा जाँदै गरेको ग १ ख २७०३ नम्बरको मिनि बसको ब्रेक फेल भएपछि पछाडि गुड्दा पछाडिबाट आउँदै गरेकी गोमा पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै घट्नामा बालक र बृद्धको मृत्यु

उदयपुरमा फरक फरक घट्ना मा परी एक बालक र बृद्धको मृत्यु भएको छ। शनिबार दिउँसो २ बजे खोलाले बगाएर कटारी नगरपालिका ५ भोर्लेका एक बालकको मृत्यु भएको छ भने चौदण्डीगढी नगरपालिका ८ कात्तिकेमा अघिल्लो विहान एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिकामा शनिबार अपराह्न भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

भक्तपुर दुर्घटनामा चालकको मृत्यु

मध्यपुरथिमि नगरपालिका–४ चार दोबाटोमा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा७३प ९७२१ नम्बरको मोटरसाइकल र बालकोटतर्फ जाँदै गरेको बा६७प ६७५४ नम्बरको स्कुटर एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

सवारी दुर्घटनामा एकको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर ठिमी नयाठिमी चारदोबाटोमा शुक्रबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

सडक दुर्घटनाको कारण खोजी समाधान गर्नुपर्ने माग

सङ्घीय संसद, प्रतिनिधिसभाका सांसदले दिन प्रतिदिन सडक दुर्घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

ट्रकको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। दुर्घटनामा चितवन इच्छाकामना गाउँपालिका–४ का २५ वर्षीय राजकुमार प्रजाको मृत्यु भएकोछ।

अछाममा जिप दुर्घटना, तीन जनाकाे मृत्युु

अछामको वान्नीगढी जयगढ गाउपालिका वडा नम्वर ५ कालिकामा बुधवार राति जिप दुर्घटना हुदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् ।

पूर्व पश्चिम राजमार्गमा दुर्घटना

पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकामा आज बिहान सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

महाराष्ट्रमा सडक दुर्घटना, १३ जनाको मृत्यु

पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ। यस दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्