१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट एक जना मृत्यु

रुपन्देही– बुटवल ट्राफिक चोकमा शनिबार दिउँसो ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।

दुर्घटनामा परि पाल्पाको रैनादेबी छहरा गाउँपालिका घर भएका अन्दाजी वर्ष २५ का पुर्ण बहादुर रासकोटीको मृत्यु भएको हो। लु २ ख ६८४ नम्बरको ट्रकले  दिउँसो सवा १ बजेतिर  साइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

दुर्घटनामा परि पाल्पा छहराकै  ३६ बर्षका थम्मन बहादुर रासकोटी घाइते भएका छन्। दुवै जना बुटवलमा घर बनाउने काम गर्दै आएका थिए। घाइतेको  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित: ७ भाद्र २०७६ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App