११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गृहमन्त्रीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ

गृहमन्त्री रामबहादुर थापासहित उनका सुरक्षा र राजनीतिक सल्लाहकारको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

मास्क सडकमै !

कोभिड–१९ को संक्रमणबढेसँगै मास्क र ग्लोभको प्रयोग गर्नेको संख्या पनि बढेको छ। मास्क र ग्लोभ प्रयोग गरेपछि उचित व्यवस्थापन नगर्दा शहरहरुमा झन जोखिम बढेको छ। प्रयोग गरिसकेका मास्क र ग्लोभ उचित ब्यवस्थापन नगरी जथाभावी फ्याक्दा शहरमा झन जोखिम बढेको हो।

‘प्लाज्मा थेरापी सन्जीवनी बुटी हाेइन ’

गत साता नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामका कोरोना संक्रमितको ‘कन्भलेसेन्ट प्लाज्मा थेरापी ’ विधिबाट उपचार गरी अध्ययन गर्न तीनवटा निजी सहित १२ वटा अस्पताललाई स्वीकृति दियो।

बालुवाटार, अख्तियार र परराष्ट्रका कर्मचारीको कोभिड–१९ परीक्षण

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तीन सरकारी कार्यालयमा काम गर्ने कर्मचारीको आज कोभिड–१९ को परीक्षण गर्नका लागि स्वाब संकलन गरेको छ ।

‘इरानमा सरकारी दाबीभन्दा तीन गुना बढीको मृत्यु’

बिबिसी पर्सियन सेवाले इरानमा कोभिड–१९ का कारण मृत्यु भएकाको संख्या सरकारी दाबीभन्दा तीन गुणा बढी भएको जनाएको छ। सरकारी तथ्यांकले २० जुलाईसम्म ४२ हजारको मृत्यु भएको देखाएको छ।

ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु

ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ संक्रमितको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ ।

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको संख्या १६ लाख नाघेको शुक्रबार जनाइएको छ ।

कक्षा ११ को लब्धांक विद्यालयबाटै

कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ ।

माग पूरा नभएसम्म अनशन नतोड्ने

कोभिड–१९ नियन्त्रणमा सरकारको जिम्मेवारीमाथि प्रश्न उठाउँदै ‘इनफ इज इनफ’ अभियानको नेतृत्व गरिरहेका अभियन्ता ईशान (ईः) दोस्रोपटक अनशन बसेको १० दिन पुगेको छ। अघिल्लो अनशन तोड्ने बेलामा गरेका सम्झौता सरकारले पूरा नगरेपछि ईःले फेरि अनशन सुरु गरेका थिए। तर, दोस्रो अनशन बसेको १० दिन बित्दा पनि सरकारले माग पूरा गर्नेतर्फ चासो नदिएपछि अनशनरत ईः र समाइरा श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर बनेको छ।

नेपालमै ‘भ्याक्सिन’

नेपालमा उच्चस्तरीय वैज्ञानिक प्रयोगशाला नहुँदा ‘कोभिड–१९’ विरुद्धको खोप (भ्याक्सिन) सम्बन्धी अनुसन्धान हुन सकेको छैन । जसले गर्दा सो क्षेत्रका दक्ष जनशक्तिको सीप ‘अवमूल्यंन’ भएको छ ।

भारतमा कोभिड–१९ संक्रमितको संख्या १३ लाख ३६ हजार

भारतमा विगत २४ घण्टामा ४८ हजार ९१६ व्यक्ति संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी गराएको छ ।

‘अग्रपंक्तिमा रही सेवा गर्नेलाई प्रशिक्षण आवश्यक’

लायन्स क्लब काठमाडाैं समर्पणले समुदायको सेवा गर्दा कोभिड–१९ बाट कसरी सुरक्षित हुने भन्ने विषयमा बिहीबार वेबिनारको आयोजना ग-यो। वेबिनारमा नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रमेश चोख्यानीले एक कार्यपत्र प्रस्तुत गर्दै कोभिड–१९ को संक्रमणबाट बचाउन सामाजिक कार्यकर्तालाई निरन्तर प्रशिक्षण दिनुपर्नेमा जोड दिए।

विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।

जापानमा कोभिड–१९ बाट थप संक्रमित हुनेको सङ्ख्या ९२० पुग्यो

जापानमा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना संक्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।

ताप्लेजुङका सबै स्थानीय तहमा आरडीटी परीक्षण गरिने

ताप्लेजुङमा आईसोलेसन, क्वारेन्टिन, होल्डिङ सेन्टर तथा कोभिड–१९ सम्भावित लक्षण देखा परेका नागरिकलाई मात्र परीक्षणको दायरामा राखिदै आएको अब भने समुदाय स्तरमा समेत विकेन्द्रकृत गरिने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँका सबै स्थानीय तहहरुका गाउँ–गाउँमा रहेका स्वास्थ्य केन्द्र/स्वास्थ्य शाखामार्फत आरडीटी परीक्षण अघि बढाउने योजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्