११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङका सबै स्थानीय तहमा आरडीटी परीक्षण गरिने

ताप्लेजुङमा आईसोलेसन, क्वारेन्टिन, होल्डिङ सेन्टर तथा कोभिड–१९ सम्भावित लक्षण देखा परेका नागरिकलाई मात्र परीक्षणको दायरामा राखिदै आएको अब भने समुदाय स्तरमा समेत विकेन्द्रकृत गरिने भएको छ। कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले यहाँका सबै स्थानीय तहहरुका गाउँ–गाउँमा रहेका स्वास्थ्य केन्द्र/स्वास्थ्य शाखामार्फत आरडीटी परीक्षण अघि बढाउने योजना बनाएको छ।  

आईसोलेसन, क्वारेन्टिन, होल्डिङ सेन्टर तथा कोभिड–१९ सम्भावित लक्षण देखिएका नागरिकलाई सिधै पीसीआर र समुदाय स्तरका नागरिकलाई औसत आधार मानेर आरडीटी परीक्षण गरिने भएको छ। समुदायस्तरमा आरडीटी परीक्षण गर्दा पोजेटिभ आएकाहरुलाई भने पीसीआर परीक्षण गरी कोरोना संक्रमित भएको हो/होईन निक्र्यौ गरिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए।  

आरडीटी परीक्षण गर्दा समुदायस्तरमा बढी घुलमिल हुने सेवा प्रदायक व्यक्तिहरुलाई पहिलो प्राथमिकता राखिने छ। यसपछि श्रमिक,मजदुर र बिभिन्न क्षेत्रमा सेवा बितरण गर्ने निकायका व्यक्तिहरुको बीचा नमूना परीक्षण गरिने छ। अहिले सम्म ८ सय बढी आरडीटी परीक्षण गरिएकोमा अब करिव ८ देखि ९ सय जनाको आरडीटी परीक्षण गर्ने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको तयारी रहेको छ।

 यो प्रकृयालाई यसैसाताबाट अघि बढाउने गृहकार्य भईरहेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए। यहाँ अहिले सम्म २ सय ७५ जनाको पीसीआर परीषण गरिएकोमा १४ जनाको परीक्षण रिर्पोट भने आउन बाँकी छ। परीक्षण रिर्पोट आएका २ सय ६१ मध्ये ४ जनाको कोरोना संक्रमित रहेकोमा ३ जना निको भएर घर फर्कि सकेका छन्। १ जना उपचारका क्रममा फुङ्लिङस्थित भानुजन माविको आईसोलेसन कक्षमा रहेका छन्।  

प्रकाशित: ६ श्रावण २०७७ १०:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App