८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्राजिलमा २४ घण्टामा एक हजारभन्दा बढी कोभिड–१९ संक्रमितको मृत्यु

ब्राजिलमा विगत २४ घण्टामा एक हजार ८८ कोभिड–१९ संक्रमितको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख छ । आइतबार ब्राजिलको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार विगत २४ घण्टामा ब्राजिलमा ४५ हजार ३९२ व्यक्ति संक्रमित भएका छन् भने सो अवधिमा एक हजार ८८ संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा अहिलेसम्म कूल ९३ हजार ५६३ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या २७ लाख सात हजार ८७७ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

ब्राजिलको सबैभन्दा बढी जनघनत्व रहेको साओ पाओलो शहर सबैभन्दा बढी प्रभावित शहर हो जहाँ पाँच लाख ५२ हजार ३१८ व्यक्ति संक्रमित रहेका छन् भने २३ हजार २३६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै रियो दि जेनेरियोमा एक लाख ६७ हजारभन्दा बढी संक्रमित रहेका छन् भने १३ हजार व्यक्तिको मृत्यु भएको छ ।

विश्वव्यापी महामारीका कारण विश्वकै सबैभन्दा बढी संक्रमित रहेको मुलुक अमेरिका हो भने तेस्रो धेरै संक्रमित रहेको मुलुक भारत हो । यसबाहेक रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, स्पेन, इरान, कोलम्बियामा संक्रमितको संख्या उच्च रहेको छ । संक्रमणका कारण मृत्यु बढी भएका मुलुकहरूमा मेक्सिको, बेलायत, इटली, फ्रान्स र भारत रहेका छन् । 

प्रकाशित: १८ श्रावण २०७७ १४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App