११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकामा एकै दिन ६० हजार संक्रमित थपिए

संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट एकै दिन ६० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

एक हजार १२९ स्थानीयको स्वास्थ्य जाँच

कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि स्थानीयको निःशुल्क स्वास्थ्य जाँच गराएको छ ।

यातायात साधनले निम्त्याउने संकट

मेरो देशमा कानुनी राज छैन तर कानुन बनाउनेहरूको राज भने पक्कै छ। कानुनलाई समाज सहजीकरणका अर्थमा हैन, नागरिकलाई अप्ठ्यारो पार्न र सत्तामा रहेकाहरूलाई कानुनभन्दा माथि रहने अख्तियारी प्रदान गर्न प्रयोग हुँदै आएको देश हो।

विद्यालय बन्द गर्दाको घाटाभन्दा खोल्दा बढी फाइदा

संसारभर अहिले बालबालिकाको दिमाग सदुपयोग हुन सकिरहेको छैन। अप्रिल सुरुमा कोभिड–१९ महामारी चर्किएयता विश्वका ९० प्रतिशत विद्यार्थी स्कुल शिक्षाबाट वञ्चित छन्।

भारतमा २४ घण्टाभित्र करिब ३९ हजार संक्रमित, ५४३ को मृत्यु

भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

खोटाङका सबै संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोभिड–१९ बाट संक्रमित भएका जिल्लाका ११ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

मृत्यु कोभिड–१९ को एकमात्र असर होइन

कोभिड–१९ को असर मृत्युमा मात्र सीमित छैन। यसका अन्य प्रभावबारे जान्न अझै केही समय लाग्ला तर निश्चित के हो भने यस रोगका प्रभाव अनेक छन्। मृत्युदरलाई बेवास्ता गरेर सबैलाई संक्रमण हुन दिने रणनीति झन् खतरनाक रहन्छ।

खोटाङका नौ जना संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका नौ जना निको भएर घर फर्किएका छन् । कोभिड–१९ बाट संक्रमित ११ जनामध्ये नौ जना संक्रमित उपचारपछि घर फर्किएका हुन् ।

बराहपोखरी गाउँपालिकाले बनायो आफ्नै भवन

खोटाङको बराहपोखरी गाउँपालिकाले आफ्नै भवन बनाएको छ । स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि बराहपोखरी गाउँपालिकाले ‘ई’ आकारको आफ्नै भवन निर्माणको काम पुरा गरेको हो ।

गण्डकी प्रदेश : महिलामाथि घरेलु हिंसा र बालिकामाथि यौन दुर्व्यवहार

कोभिड–१९ को महामारीको तीन महिनामा घरेलु तथा महिला हिंसाका घटनाहरु उल्लेख्य भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को तथ्यांकले देखाएको छ । इन्सेकको प्रतिवेदन अनुसार १ हजार १ सय १९ जना पीडित भएका छन् ।

सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ ।

रुसमा कोभिडबाट सात लाख भन्दा बढी संक्रमित

रुसमा कोरोना भाइरसका सात लाख भन्दा बढी संक्रमित भेटिएका छन् । रुसको राजधानी मस्कोबाट प्राप्त समाचारमा सो कुराको जानकारी दिइएको छ ।

कोभिड–१९: नियन्त्रणका प्रयास

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ

खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्