coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

‘अग्रपंक्तिमा रही सेवा गर्नेलाई प्रशिक्षण आवश्यक’

कोभिड–१९

 लायन्स क्लब काठमाडाैं समर्पणले समुदायको सेवा गर्दा कोभिड–१९ बाट कसरी सुरक्षित हुने भन्ने विषयमा बिहीबार वेबिनारको आयोजना ग-यो। वेबिनारमा नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रमेश चोख्यानीले एक कार्यपत्र प्रस्तुत गर्दै कोभिड–१९ को संक्रमणबाट बचाउन सामाजिक कार्यकर्तालाई निरन्तर प्रशिक्षण दिनुपर्नेमा जोड दिए।

उनले यस्तो प्रशिक्षणले जोखिम न्यूनीकरण, प्रविधिको प्रयोग तथा सेवाको गुणस्तर कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कोभिड १९ ले ६÷७ महिनाको अन्तरालमा विश्वलाई परिवर्तन गरेको, रोग अत्यन्त संक्रामक रहे पनि मृत्युदर कम रहेको र पाँच संक्रमितमध्ये एकजनालाई मात्र अस्पताल भर्ना गर्न आवश्यक हुने उनको भनाइ थियो। ‘यो महामारीका बेला समुदायको सेवामा जुट्ने अग्रपक्तिका स्वास्थ्ययकर्मी, सामाजिक कार्यकर्ता एवं स्वयंसेवीले अत्यन्त सावधानी अपनाउनुपर्छ,’ उनले भने।

महामारीका बेला अग्रपंक्तिमा काम गर्नेहरूमा मनोसामाजिक समस्यासमेत देखिने भएकाले उनीहरूलाई आवश्यक सहयोग र परामर्श दिनुपर्ने आवश्यकता उनले औंल्याए। समाचार कम हेर्ने÷पढ्ने, नियमित व्यायाम गर्ने र स्वस्थ खानेकुरा खाने एवं परिवार तथा साथीभाइको सम्पर्कमा रहने गरे मानसिक समस्याबाट मुक्त हुन सकिने तर्क उनको थियो।  

स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्रीको यथेष्ट सुविधा हुनुपर्नेमा जोड दिँदै डा. चोख्यानीले  सामाजिक दूरी, मास्कको प्रयोग र बेलाबेलामा साबुनपानीले हात धोइरहँदा रोग रोकथाममा सहयोग पुग्ने बताए। 

प्रकाशित: १० श्रावण २०७७ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App