२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

बाराका दुई उपमहानगरपालिकामा एमाले उम्मेदवारको टुंगो

नेकपा एमालेले बाराका दुईवटै उपमहानगरपालिकामा पार्टीको तर्फबाट मेयर र उपमेयर सहित वडा अध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ।

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी

चितवन- भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल २ सय ३ मतान्तरले विजयी भएकी छन्। दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरे।

सात अर्ब लगानीले फेरिएन वीरगन्ज महानगरपालिकाको मुहार

'यो महानगरपालिकाको बसपार्क हो कि मृत सहरको?' केही दिनअघि अनुगमनका लागि वीरगन्ज बसपार्क पुगेका सहरी विकासमन्त्री प्रभु साहले बसपार्क छिर्नेबित्तिकै प्रश्न गरे। मन्त्री साहले सोचेका पनि थिएनन्, वीरगन्जजस्तो आर्थिक नगरीको बसपार्क धान रोपाइँ गर्न तयार पारिएको खेतजस्तो होला भनेर।

नेपालगन्ज उपमहानगरपालिका, ‘धनाढ्य’ बीच रस्साकस्सी

नेकपा एमालेका तर्फबाट नेपालगन्ज उपमहानगरमा मेयर पदका प्रमुख दाबेदार भए पनि अन्तिममा किनारा लगाइएपछि एक नेताले भने, ‘यहाँ त टिकट पाउन पनि पैसा, जित्न पनि पैसा चाहिने रहेछ। ‘हामी त त्यत्तिकै राजनीति गरिरहेका रहेछौं।’

इटहरी उपमहानगरपालिकामा ठूला दलद्वारा उम्मेदवारको टुंगो

इटहरी उपमहानगरपालिकामा संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरम नेपालबाहेक अन्य दलले उम्मेदवारको टुंगो लगाएका छन्।

विराटनगर महानगरपालिका : चुनाव जित्ने कसरतमा सबै दल

राजनीतिक र आर्थिक इतिहास बोकेको १ सय ४ वर्ष पुरानो सहर विराटनगरमा ‘जित’ को झन्डा फहर्‍याउने सबै दलको दाबी।

पुनः महानगरपालिका घोषणाले बिराटनगरबासी उत्साही

सरकारले विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेपछि विराटनगरवासी पुनः उत्साहित भएका छन्। सरकारले बुधबार विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरेको घोषणा गरेपछि स्थानीय उत्साहित भएका हुन्।

पोखरा-लेखनाथ महानगरपालिकाको मेयर-उपमेयर दुबैमा एमाले विजयी

पोखरा-लेखनाथ महानगरपालिकामा एमालेका मानबहादुर जीसी मेयरमा निर्वाचित भएका छन्। उनले ६० हजार १ सय १८ मत ल्याइ विजयी भएका हुन्। उपमेयरमा पनि एमालेकै मन्जु गुरुङ निर्वाचित भएकी छन्। उनले ५४ हजार १ सय मत ल्याएकी हुन्।

विराटनगर र वीरगञ्ज महानगरपालिका, आचारसंहिता धज्जी उडाउँदै २३ स्थानीय तह थप्न सिफारिश

उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको समितिले तराईका जिल्लामा २३ स्थानीय तह थप गर्दै दुई उपमहानगरलाई महानगरपालिका बनाउन सिफारिश गरिएको छ। सो सिफारिशलाई मन्त्रिपरिषद बैठकले अनुमोदन गर्ने तयारी गरेको छ।

पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्देशन

२४ घण्टा देखि रोकिएको पोखरा-लेखनाथ महानगरपालिकाको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।

ललितपुर महानगरपालिकामा काँग्रेसका चिरीबाबु अगाडि

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन अग्र स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार महर्जनले १६६९३, मत पाएका छन्। त्यस्तै एमालेका उम्मेद्वार हरिकृष्ण व्यन्जनकारले १४९०९ मत ल्याएका छन्।

ललितपुर महानगरपालिका –१५ मा मुचुल्काभन्दा बढी मत भेटियो

ललितपुर महानगरपालिको मत गणनामा विवाद आएपछि मतगणना रोकिएको छ । महानगरको वडा नं १५ मा मुचुल्का भन्दा बढी मत देखिएपछि मतगणनामा विवाद आएको हो ।

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ५९८२ मतसहित अग्रता लिएका छन्। काँग्रेसका राजुराज जोशी ३८४१ सहित एमालेका शाक्यलाई पछ्‌याइरहेका छन्।

भरतपुर महानगरपालिकाको मत परिणाम गोप्य

प्रधानमन्त्री पुत्री रेणु दाहाल उम्मेदवार रहेको भरतपुर महानगरपालिकाको मतपरिणाम सार्वजनिक गर्न बन्द गरिएको छ। यस अघिसम्म एक-एक घन्टामा सार्वजनिक हुनेगरीको परिणाम बिहीबार ९ बजेदेखि सार्वजनिक भएको छैन।

चार महानगरपालिकामा २ मा एमाले २ मा काँग्रेस अगाडि

काठमाडौं महानगरपालिकाको ताजा मतपरिणाममा अनुसार एमालेका मेयर पदका प्रत्यासी विद्यासुन्दर शाक्य अग्र स्थानमा छन्। राष्ट्रिय सभागृहमा भइरहेको मत गणनामा एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य ५८५० मतसहित अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्