२० कार्तिक २०८१ मंगलबार
image/svg+xml

४ महानगरपालिकाका उपमेयरको यस्तो छ मतपरिणाम

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

काठमाडौं महानगरपालिका फेरि एमाले अगाडि

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनामा फेरि एमालेले अग्रता लिएको छ। एमालेका मेयर प्रत्यासी विद्यासुन्दर शाक्य १४९४ मतसहित अगाडि छन्। नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १०७० मतसहित दोस्रो स्थानमा छन्।

काठमाडौं महानगरपालिकामा एमाले अगाडि

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालका विद्यासुन्दर शाक्य ६२३ मत सहित अगाडी छन्।

काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेसका जोशीले अग्रता लिए

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणना अनुसार काठमाडौंको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी ५८१ मतसहित अग्र स्थानमा छन्।

ललितपुर महानगरपालिका २ मा एमाले प्यानल विजयी

ललितपुर महानगरपालिका २ मा  नेकपा एमालेका राजेशकुमार महर्जन सहितको प्यानल विजयी भएको छ । वडा नम्बर दुईमा कांग्रेसका पवन बिष्ट निकटतम प्रतिद्वन्दी रहेका थिए।

तीन महानगरपालिकामा एमालेको अग्रता

देशका ४ महानगरपालिका अहिले मतगणना भइरहेको छ। ४ महानगर मध्ये भरतपुरबाहेक ३ महानगरमा एमालेको अग्रता रहेको छ।

महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरमा मतदान

सर्वत्र चासो र उत्सुकता रहेको चार महानगरपालिकामध्ये सबैभन्दा बढी ललितपुरका बासिन्दाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्।

काठमाडौं महानगरपालिकाको मतगणना सुरु

काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएको छ। प्रदर्शनीमार्गको राष्ट्रिय सभागृह हलमा मत गणना सुरु भएको हो।

ललितपुर महानगरपालिकाः एक नम्बर वडामा काँग्रेस विजयी

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले विजय सुरुवात गरेको छ। निर्वाचन कार्यालयकाअनुसार कांग्रेस उम्मेदवार ललितपुर वडा नम्बर एकमा वडा अध्यक्ष र तीन सदस्यमा विजयी भएका छन्।

ललितपुर महानगरपालिकाको मतगणना ११ बजेबाट हुने

ललितपुर महानगरपालिकामा आजबाटै मतगणना हुने भएको छ। महानगरका मतपेटिका मत गणनाको लागि स्टाफ कलेज ल्याइपुर्‍याइएको छ।

काठमाडौं र ललितपुर महानगरपालिकाका मतपेटिका गणनास्थल पुर्‍याइदै

स्थानीय तहको पहिलो चरणको मतदान सम्पन्न भएलगत्तै उपत्यकाका दुई महानगरका मतपेटिका सभागृह र स्टाफ कलेज लगिएको छ।

पोखरा-लेखनाथ महानगरपालिका : नेतृत्व दोहोर्‍याउने दाउ

यसअघिका दुई निर्वाचनमध्ये कांग्रेस र एमालेले एक/एक पटक पोखराको नेतृत्व सम्हालेका छन्।

भरतपुर महानगरपालिकामा को को छन् प्रत्यासी ?

एक महानगरपालिका, एक गाउँपालिका र पाँच नगरपालिका गरेर तीन वटा स्थानीय तह रहेको चितवनमा मंगलबार उम्मेद्वारी मनोनयन दर्ता सम्पन्न भएको छ। जिल्लामा तीन लाख १३ हजार मतदाता छन्।

काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका जोशीको मनोनयन दर्ता

नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयरमा मनोनयद दर्ता गराएको छ।

प्रदेश नम्बर १- उपमहानगरपालिकामा नेतृत्वका आकांक्षी

विराटनगर, इटहरी र धरान उपमहानगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार बन्न स्थानीयदेखि जिल्लास्तरीय नेताहरूले आफ्नो दलभित्र आन्तरिक हिसाबले लबिङ गरिरहेका छन्। त्यति मात्र होइन, यी उपमहानगरपालिकामा सांसद भइसकेका र केन्द्रीय स्तरका नेताहरूको समेत नजर परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्