२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अस्तव्यस्त सडकले सर्वसाधारणलाई सास्ती

काठमाडौं महानगरपालिका वडा–३२ स्थित पेप्सीकोला टाउन प्लानिङको धौलागिरी महेन्द्र एकता मार्गको सडक पिच उप्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको छ। पिच उप्केको एक वर्ष बित्दा पनि सडक मर्मत हुन सकेको छैन।

कर तिर्दैनन् महानगरका घरधनी

२०६८ सालको राष्ट्रिय जनगणनाअनुसार काठमाडौं महानगरपालिकाभित्र एक लाख ६१ घर छन्। तीमध्ये ९५ प्रतिशतभन्दा धेरै घरधनीले घर डेरामा लगाएका छन्। तर, अधिकांश घरधनीले भने महानगरलाई तिर्नुपर्ने घरबहाल वापतको कर तिर्न आनाकानी गरिरहेका छन्।

कसैलाई सुविधा कसैलाई घाँडाे

घोराही उपमहानगरपालिकाले वडाध्यक्षहरूको प्रयोगका लागि भनेर १६ वटा मोटरसाइकल खरिद गर्‍यो। १९ वटा वडा रहेको सो उपमहानगरले तीनजना वडाध्यक्षका लागि अपुग मोटरसाइकल तत्कालै खरिद गर्ने जनाएको छ। टिभिएस कम्पनीका ती मोटरसाइकल केही वडाध्यक्षले प्रयोग गर्न पनि थालिसके। तर केही वडाध्यक्ष सरकारी मोटरसाइकल प्रयोग नगर्ने भन्दै अडान लिइरहेका छन्।

नेपाल बन्छ, बनाउँछौं हामी : मुख्यमन्त्री पोखरेल

प्रदेश नम्बर ५ सरकारले प्रथम स्थापना दिवस शुक्रबार मनाएको छ। प्रदेशको अस्थायी राजधानी रहेको बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर प्रथम स्थापना दिवस मनाएको हो। दिवसका अवसरमा प्रदेशका १२ वटै जिल्लाका साँस्कृतिक झाँकी सहितको प्रभातफेरी निकालिएको थियो।

प्रहरी हवल्दारद्वारा महिला बलात्कृत

दाङमा एक प्रहरी हवल्दारले महिलालाई बलात्कार गरेका छन्। तुलसीपुर उपमहानगरपालिका फूलवारी स्थित ईलाका प्रहरी कार्यालयका एक हवल्दारले गाउँकै एक महिलालाई बलात्कार गरेको पीडित महिलाले बताएकी छिन्।

शिक्षकको तलब बैंक खातामा

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी स्कुलका शिक्षकहरुका तलब फागुनदेखि शिक्षकहरुकै निजी बैंकमा जाने प्रबन्ध मिलाएको छ। नेपाल बैंक लिमिटेडबाट चौमासिक तलब बुझ्दै आएका शिक्षकहरुले फागुन महिनादेखि मासिक रुपमा तलब बुझ्ने भएका छन्। शिक्षकहरुको तलब दुई निजी बैंकमध्ये एकमा जाने व्यवस्था मिलाइएको छ। महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले एनआइसी एसिया र प्रभु बैंकमा तलब पठाइने बताए। उनका अनुसार अब शिक्षकहरुको व्यक्तिगत खातामै तलब जानेछ।

महानगरपालिकाले दियो १० नगरपालिकालाई एक–एक करोड

काठमाडौं महानगरपालिकाले नगर साझेदारी कार्यक्रमअन्तर्गत हरियाली प्रबर्धन, सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माणका लागि काठमाडौ जिल्लाका १० वटा नगरपालिकालाई जनही एक करोड रूपैयाँ प्रदान गरेको छ।

समायोजन कर्मचारीले रोजेकै ठाउँमा

समायोजन फाराम भरेको कर्मचारीमध्ये अधिकांश कर्मचारीको समायोजन उनीहरूले रोजेकै ठाउँमा हुने संघीय मन्त्रालयले जनाएको छ। समायोजन महाशाखाले ८० प्रतिशतभन्दा बढी कर्मचारीको समायोजन उनीहरूले रोजकै तहमा हुने बताएको छ।

अबको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम

काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ। कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो।

सबै वडामा विपत व्यवस्थापन समिति गठन

काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा विपत व्यवस्थापन समिति गठन गरेको छ। स्थानीय तहको कानुनी व्यवस्थाअनुसार उक्त समिति गठन गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

'६ महिनामा सन्तोषजनक काम'

काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा सन्तोषजनक काम गरेको दाबी गरेको छ। महानगरपालिकाले गत साउनयता पूर्वनिर्धारित योजनाको लक्ष्य हासिल गरेको छ। महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोलले महानगरपालिकाले चालू आवको ६ महिनामा अपेक्षाकृत ढंगले भौतिक प्रगति हासिल गरेको दाबी गरे।

नयाँ मापदण्डले सम्पदा क्षेत्र संकटमा

काठमाडौं महानगरपालिकाले ल्याएको भवन निर्माण मापदण्ड २०७५ ले विश्वसम्पदामा सूचीमा सूचीकृत भवन निर्माण मापदण्ड लाई प्रभावित पार्ने देखिएको छ। महानगरले ल्याएको मापदण्डले विश्वसम्पदा क्षेत्रमा सूचीकृत सम्पदा निजी भवनले ढपक्कै छोप्ने सम्भावना बढेको छ।

भरतपुरमा पाँच आयोजनाको शिलान्यास

भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको पाँच आयोजनाको बिहीबार संयुक्त रुपमा शिलान्यास गरिएको छ। करिब ५६ करोड रुपैयाँ लागतमा महानगरपालिकाको विभिन्न स्थानमा पाँचवटा आयोजना निर्माण कार्य सुरु गरिएको हो।

‘बिपी उद्यान’ को जग्गामा ‘मधेसी सहिद पार्क’ शिलान्यास

२०६० साल पुस २४ गते वीरगन्ज महानगरपालिकाले बिपी उद्यान्नको नाममा खरिद गरेको जग्गामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बुधवार सहिद पार्क शिलान्यास गरेका छन्। वीरगन्ज महानगरपालिका स्वामित्वको जग्गामा पार्कको शिलान्यास गर्दा त्यहाँबाट सहमति वा स्वीकृति नलिइएको मंगलवार महानगरपापिलकाले जानकारी गराएको थियो। तत्कालै नेपाली कांग्रेसले बिरोध जनाएपछि प्रतिक्रियात्मकरूपमा कांग्रेसलाई चुनौती दिँदै शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतसहितका फोरमका नेताहरूले पार्कलाई ‘मधेसी सहिद पार्क’ भन्दै कडा र धम्कीपूर्ण भाषण गरे।

उपत्यका प्राधिकरण खारेज गर्न काठमाडौं महानगरको प्रस्ताव

काठमाडौं महानगरपालिकाले उपत्यका विकास प्राधिकरण खारेजीको माग गर्दै सरकार समक्ष प्रस्ताव लैजाने भएको छ। सोमवार महानगरपालिकाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता इश्वरमान डंगोलले प्राधिकरण खारेजीको प्रस्ताव अघि बढाइने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्