२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरपालिका– २९ का समस्या

यहाँ टोलैपिच्छे समस्या छ। वडाले हामी पहल गर्दै छौं भने पनि केही पनि काम हुन सकेको छैन। जनअपेक्षा बोलीभन्दा काम हुनु पर्छ भन्ने हो थोरै पानी पर्दा पनि पानी जमेर पुतली सडक क्षेत्र समस्याग्रस्त हुने गरेको छ।

भएका शौचालय व्यवस्थित छैन, स्मार्ट शौचालयको सपना !

काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको उचित व्यवस्थापन गर्न नसकेको काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शौचालय’को योजना बुनेको छ। यसका लागि महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा एउटा कार्यदल गठन भएको छ।

१७ अर्ब लगानीमा पोखरा चक्रपथ निर्माण प्रस्ताव

सवारी चापले साँघुरिँदै गएको पोखरा महानगरपालिकाभित्र एक सय २० किलोमिटर लामो चक्रपथको प्रस्ताव आएको छ। चिनियाँ टोलीसँग अघिल्लो हप्ता प्रदेश सरकार र स्थानीय सरकारको उपस्थितिमा चक्रपथको प्रारम्भिक छलफल गरिएको छ।

चितवनमा कृषि प्रदर्शनी आयोजना गरिने

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा कृषि सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् भारतको आयोजनामा तेस्रो कृषि प्रदर्शनी आयोजना गर्न लागिएको हो। यसअघिका वर्षमा कृषि प्रदर्शनी काठमाडौं आयोजना गरिँदै आएको थियो।

चिरिच्याट्ट ललितपुरको कमलपोखरी

ललितपुर महानगरपालिकाको आडैमा रहेको राणाकालीन ऐतिहासिक ‘कमलपोखरी’ अहिले चिरिच्याट्ट बनेको छ। महानगरपालिकाले पोखरीभित्रको फोहर हटाएर पानी भरेपछि पोखरीको रूप बदलिएको हो।

स्मार्ट ट्वाइलेट बनाउन दुई कार्यदल

काठमाडौं महानगरपालिकाले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि आइतबार दुई कार्यदल गठन गरेको छ । महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।

सुविधा सम्पन्न खालका सबै नयाँ वडा बनाइने

काठमाडौं महानगरपालिकाका मेयर विद्मासुन्दर शाक्यले महानगरका सबै ३२ वटै वडा कार्यालयको भवन नयाँ बनाइने बताएका छन्। महानगरपालिका वडा – २६ को वडा भवन कार्यालयको बिहिबार शिलान्यास गर्दे उनले यस्तो बताएका हुन्।

‘सम्पदा पुनःनिर्माणमा खरिद ऐन बाधक’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन नै बाधक रहेको बताएका छन्। त्यसैले उनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन लागू नर्गन आग्रह गरेका छन्।

प्रहरी र युवाले उठाए वीरगन्जको फोहोर

वीरगन्ज महानगरपालिकाका कर्मचारीले पाचौं दिनसम्म काम ठप्प पारेर हड्ताल जारी राखेपछि नगरका ठाउँ ठाउँमा थुप्रिएका फोहोर स्थानीय युवासँग मिलेर प्रहरीले सोमबार उठाएको छ। आन्दोलन नेतृत्वकर्ताको अह्वानमा सरसफाइ कर्मचारीहरू समेत काममा नआएपछि फोहोर जम्मा भएर वीरगन्ज दुर्गन्धित हुन थालेको थियो।

विद्यालयको नाम र विद्यार्थी परिचयपत्र अब नेपालीमाः महानगर

काठमाडाैं महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ ।

पनौतीलाई जोगाऔं

एउटै चट्टानमा बनेको सहरका रूपमा ऐतिहासिक एवं पुरातात्विक भूमि पनि हो। चट्टान माथि बसेको शहर भएकाले ०७२ को भूकम्पले यसलाई क्षति पुर्‍याउन सकेन। यहाँको इन्देश्वर मन्दिर प्राङ्गणमा उन्मत्त भैरव, तुलानारायण मन्दिर लगायत छन्। वरपर अरू मन्दिरहरु, सत्तल, घाट आदि छन्।

सिकाइमा भन्दा पोशाकमा जोड

काठमाडौँ महानगरपालिकाले महानगरभित्र चलेका सबैखाले स्कुलहरूमा एउटै ड्रेस लागु गराउने निर्णय गरेको छ । स्थानीय तहको चुनाव सम्पन्न भएको वर्ष दिन पुग्न लाग्दै छ । महानगरले केही काम गरेन भन्ने आरोप चुलिँदै गएको सतहमा चर्चा कमाउने उद्देश्यका दुइटा निर्णयबारे यहाँ विमर्श गर्ने प्रयास गरिएको छ ।

अधिकार मिच्ने अभ्यासमा जनप्रतिनिधि

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुनिलसिंह हमाल कानुनले दिएको अधिकारको पूर्ण प्रत्याभूति गर्न पाएका छैनन्। वडाले पाएका कतिपय अधिकारमाथि उपमहानगरपालिकाले हस्तक्षेप गरेको उनको बुझाइ छ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न माग

काठमाडौं महानगरपालिकाको सञ्चारआवद्ध सञ्चारकर्मीहरुले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग राखेका छन्। मंगलबार महानगरका सूचना प्रविधि विभाग प्रमुख राज्यप्रकाश प्रधानाङ्गलाई भेटेर उनीहरुले संयुक्त निवेदन बुझाएका हुन्।

कार्यालय भवनको अभाव, मारमा सेवाग्राही

जनताको नजिकको सरकार, संघीय राजधानीको जेठो महानगरपालिका काठमाडौंँ। आफ्नो कार्यालय भवन नभएर ९ स्थानमा भाडामा सञ्चालित छ। सेवाग्राहीलाई एउटै छानामुनिबाट पाउनुपर्ने सेवा/सुविधा प्राप्त गर्न अधिकांश समय बाटोमा खर्चनुपरेको छ। काठमाडौँं महानगरपालिकाअन्तर्गतको शिक्षा विभाग ताहाचलमा छ भने सहकारी विभाग बानेश्वरमा। नक्शा पास गर्ने विभाग, राजश्व विभाग र निर्माण विभाग बबरमहलमा भाडामा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्