२३ आश्विन २०८१ बुधबार
image/svg+xml

काठमाडौं महानगरमा अब राती १० बजेसम्म बस चल्ने

काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ पनि काठमाडौं महानगरपालिकाको नगरसभाले सर्वसम्मतिले स्वीकृत गरेको छ। ऐनमा अब महानगरसँग स्वीकृति नलिइकुनै पनि सवारीमा प्रचार सामग्री राख्न पाइने छैन। त्यसैगरी महानगरभित्रका रुटमा सञ्चालन हुने सार्वजनिक सवारीले कात्तिकदेखि माघ मसान्तसम्म बिहान ५ देखि राती ९ बजेसम्म र बाँकी महिना बिहान ५देखि राती १० बजेसम्म बस सेवा सञ्चालन गर्नुपर्ने छ।

बारा र पर्साका हुरीपीडितलाई कामपाको २५ लाख सहयोग

काठमाडौं महानगरपालिकाले तराईका बारा र पर्सा जिल्लामा केही दिनअघि आएको हावाहुरीबाट प्रभावित भएका पीडित परिवारलाई २५ लाख सहयोग गर्ने निर्णय गरेको छ। महानगरपालिकाको कार्यपालिका बैठकले २५ लाखसहित जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलबसमेत पीडितलाई दिने निर्णय गरेको प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए।

राहत वितरण अव्यवस्थित, पीडित कति, अझै खुलेन

बिहान सबा छ बजेको छ। कलैया उपमहानगरपालिका–१८स्थित भलुनी भरवलियाका ७० वर्षीय सीताराम पटेल घुर (आगो) ताप्दैछन्। पाँच वर्षीया रासना पनि हजुरबुवासँगै टाँसएर आगो तापिरहेकी छन्। आइतबार रातिको हुन्डरीले छिनभरमा बास उडाएपछि यी हजुरबुवा र नातिनी त्यही घुर तापेर रात काटिरहेका छन्।

अनाथ बालबालिकालाई साउदीबाट आर्थिक सहयोग

धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अंग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार रूपैयाँ सहयोग गरेको छ। २८५५ औं सोनाम ड्वा फा (ल्हो) ल्होछार मूल आयोजक समिति रियाद साउदी अरबले उक्त रकम सहयोग गरेको हो।

भरतपुरमा पर्यटकीय सम्भावनाको खोजी

भरतपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउन गुरुयोजना बनाउने तयारीमा महानगरपालिका रहेको छ। महानगरपालिकामा रहेका विभिन्न विशेषता र क्षेत्रलाई समेटेर अध्ययन र छलफल गरेर गुरुयोजना निर्माण गर्न महानगरपालिका जुटेको छ।

सुनिता हत्याको विरोध गर्दै अधिकारकर्मी सडकमा

चिकित्सक पतिको कुटाइबाट वीरगन्ज महानगरपालिका–२० हरपतगञ्जकी ४५ वर्षीया सुनिताको निधन भएको भन्दै अधिकारकर्मीहरूले शनिबार बिहान वीरगन्जमा विरोध प्रदर्शन गरेका छन्। अधिकारकर्मीहरू विरोध -यालीसहित नगर परिक्रमा गरेका थिए।

पोखरा महानगरपालिकाको १६ नम्बर वडा कार्यालयमा चोरी

कार्यालयमा रहेको २ वटा ल्यापटप, ४ वटा कम्प्युटर तथा कार्यालयका अन्य महत्वपूर्ण सामग्री चोरी भएका छन्। यसअघि पनि पोखराका वडा नम्बर ५, १३, १४ र १५ कार्यालयमा चोरी भइसकेका छन्।

चोरी बढेपछि प्रहरीमाथि दबाब

वीरगन्ज महानगरपालिका–११ स्थित नयाँ बस्तीमा शुक्रबार राति ६ घरमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन्। वडा प्रहरी कार्यालय श्रीपुरभन्दा पाँच सय मिटर मात्र रहेको टोलमा चोरी भएपछि स्थानीयले प्रहरीप्रति आक्रोशसमेत जनाएका छन्। श्रीपुर नयाँ टोलको सन्तोष तिवारी, कुलदीप पाण्डेय, नन्दु साह तेली, जगरनाथ यादव, राजेश कुशवाहा र असर्फी महतोको घरमा गरगहनादेखि लत्ताकपडासम्म चोरी भएको छ। ताल्चा फुटाएर चोर घरमा प्रवेश गरेको पाइएको छ। घरका मानिस होली मनाउन गएका बेला घर छानीछानी चोरी गरेको स्थानीय विद्यानन्द चौधरीले बताए। उनले तीन वर्षभित्र सो टोलका प्रायः सबै घरमा चोरी भइसके पनि प्रहरीले एउटै घटनाका दोषी समात्न नसकेको बताए।

ब्रुमरको रुट तयार

सडकमा ब्रुमर चलाउनु भनेको बसिलाले तास्नुपर्ने फर्निचरको काठमा खाक्सी लगाए जस्तो हो। काठलाई पहिला बसिलाले तासिन्छ। त्यसपछि रन्दा चलाईन्छ। त्यसपछि मात्र खाक्सी लगाइन्छ। त्यसैले ब्रुमरले फोहोर उठाउँनको लागि पहिलो सडक चिल्लो चाहिन्छ।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

न्यायिक समितिमा घरधनीका समस्या बढी

काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन्। घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको महानगरले जनाएको छ।

भरतपुर मर्करीमुक्त घोषित देशकै पहिलो स्थानीय तह

भरतपुर महानगरपालिकालाई मंगलबारदेखि मर्करी (पारो)मुक्त महानगर घोषणा गरिएको छ। महानगरपालिकामा रहेका स्वास्थ्य संस्था तथा डेन्टल क्लिनिकमा मर्करीको प्रयोग हटाएर महानगरपालिकालाई मर्करीमुक्त महानगर घोषणा गरिएको हो।

कहिले बन्ला धुम्रपानमुक्त काठमाडौं महानगरपालिका ?

काठमाडौं महानगरपालिकाले २०७४ फागुन ११ गते महानगरपालिकालाई धूम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गर्याे। महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं महानगरपालिकालाई ‘हेल्दी सिटी’को रूपमा विकास गर्न धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त सहर घोषणा गरेका थिए।

हेटौंडामा बर्डफ्लु संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकामा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। सो पुष्टिसँगै बर्डफ्लु नियन्त्रण प्राविधिक समितिले चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्