२३ आश्विन २०८१ बुधबार
image/svg+xml

वडा कार्यालयमा शक्तिशाली सिलिण्डर बम विस्फोट, ६ पक्राउ

भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको वडा कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो।

नेपाल भाषाको विद्यालय खोलिने

शहरी क्षेत्रमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको संख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ। बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए।

सुर्तीजन्य पदार्थको नियन्त्रण विद्यालय र अस्पतालबाट

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा  सुर्ती र सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा रोक लगाउने भएको छ।

ग्यारेज हटाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले सहरी सौन्दर्यीकरण र सुविधा वितरणमा अवरोध पुर्याउने ६१ ग्यारेर्ज हटाउने निर्देशन दिए पनि त्यसको बेवास्ता गरिएको छ । महानगरपालिकाले गत असोजमा पेप्सीकोलाको ग्यारेज र चक्रपथ आसपासका ६१ ग्यारेजलाई हटाउन निर्देशन दिएको थियो ।

धनाड्य महिलाकाे पैसा कमाउने यस्ताे अबैध काम, प्रहरीले फेला पर्‍याे रंगेहात

प्रहरीले काठमाडौं महानगरपालिका–६ महांकालबाट एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ।

महानगर र प्याराग्लाइडिङ व्यवसायीबीच कर विवाद, कर तिर्न एकसाताको म्याद

पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरे पनि व्यवसाय र नवीकरण कर नतिरेका कम्पनीलाई पोखरा महानगरपालिकाले थप एक साताको समय दिएको छ । एक साताभित्र बक्यौता रकम तिर्ने सहमति भएपछि बुधबारदेखि रोक्ने भनिएको उडान नियमित सञ्चालन भएका छन् । साताभित्र बक्यौता रकम नतिर्ने कम्पनीलाई उडान गर्न नदिने महानगरले बताएको छ ।

कामनपाले आकाशे पुल निर्माणमा केही समय लगाउने

काठमाडौं महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ। कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन।

हेटौंडामा व्यापार मेला सुरु

प्रदेश ३ को राजधानी हेटौंडामा शनिबारदेखि ११ दिने राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित क्याम्पडाँडा चौरमा सुरु मेला मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गरेको हो।

विदेश भ्रमण जान गोलाप्रथा

विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो।

परिचयपत्र वितरण कार्यविधि अनुमोदन

काठमाडौँ महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरणसम्बन्धी कार्यविधि २०७५ अनुमोदन गरेको छ।  कामपाको ३० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो।

एनसिसीप्रति विद्यार्थीको आकर्षण

भरतपुर महानगरपालिका–५, आनन्दपुरकी १६ वर्षीया श्रेया सापकोटा कक्षा १० मा पढ्छिन्। तर उनको परिचय विद्यार्थीमा मात्र सीमित छैन। उनी राष्ट्रिय सेवा दल (एनसिसी) की सदस्य भनेर पनि चिनिन्छिन्। ब्याच नम्बर ४४ को उनी कम्पनी जुनियर अन्डर अफिसर हुन्।

शनिबार हराएको गोरखनाथको मूर्ति एपीएफ टोलीद्वारा फेला

काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति एपीएफ टोलीले आज फेला पारेको छ।

सडक मानवलाई आश्रय दिन अनुष्ठान

सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषित मकवानपुरमा मानवता प्रवर्द्धन ज्ञानविज्ञान अनुष्ठान सुरु गरिएको छ। परिवारबाट परित्याग गरिएका वा घर, परिवारमा नभई सडकमै कष्टकर जीवन निर्वाह गरिरहेका (सहयोगापेक्षी) सडक मानवलाई आश्रय दिने भवन निर्माणका लागि हेटौंडामा सोमबार अनुष्ठान सुरु गरिएको हो।

‘सवारी र यात्रु देखेपछि बल्छ स्मार्ट लाइट’

ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी  योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ।

कृत्रिम हातखुट्टाले दिएको खुसी

पहिलो पटक दाहिने हातले लेख्न पाउँदा १९ वर्षीय कमल पौडेल निकै हर्षित भए। भरतपुर महानगरपालिका वडा नम्बर ११ को पोखरी टोलका उनी आफ्ना सबै काम गर्न देब्रे हातमा निर्भर थिए। डेढ वर्षको उमेरमा भ-याङबाट लडेर घाइते भएका उनको दाहिने हातमा चोट लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्