१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

शनिबार हराएको गोरखनाथको मूर्ति एपीएफ टोलीद्वारा फेला

काठमाडौं – काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट शनिबार हराएको बाबा गोरखनाथको पुरानो मूर्ति एपीएफ टोलीले आज फेला पारेको छ।

सशस्त्र प्रहरी बल, नेपाल मन्दिर सुरक्षा वेश पशुपतिबाट सशस्त्र प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमान्डमा खटिएको एपीएफ टोलीले काठमाडौं महानगरपालिका ८ स्थित पशुपतिनाथको मन्दिरबाट करिब तीन सय मिटरपूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा अपराह्न करिब पौने पाँच बजे उक्त मूर्ति फेला पारेको हो ।

सो मूर्ति करिब ३५ केजी तौलको छ। गस्तीमा रहेको एपीएफ टोलीले त्यस ठाउँमा रहेको खरानीको रूखको जराभित्र बडार जस्तो ठाउँबाट सो मूर्ति बरामद गरेको हो। पारिपट्टि डाँडाबाट त्यसतर्फ आउँदै गरेको एपीएफ टोलीलाई देखेर दुई व्यक्ति उक्त मूर्ति छाडी भागेका थिए।

सो मूर्ति उक्त ठाउँमा बालुवाले पुरेर राखेको अवस्थामा भेटिएको हो। उक्त मूर्ति एपीएफ टोलीले स्थानीय प्रहरीलाई बुझाएको छ। सो ठाउँ गोपाल बाबाको आश्रमभन्दा माथि रहेको चिहान डाँडामा छ। उक्त मूर्ति फेला परेपछि एपीएफ टोलीले पशुपति क्षेत्र विकास कोषलाई समेत तत्कालै जानकारी गराएको छ।

प्रकाशित: १४ फाल्गुन २०७५ १५:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App