२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धनाड्य महिलाकाे पैसा कमाउने यस्ताे अबैध काम, प्रहरीले फेला पर्‍याे रंगेहात

साँखु – प्रहरीले काठमाडौं महानगरपालिका–६ महांकालबाट एक लाख ९६ हजार १५० सहित आठ जनालाई पक्राउ गरेको छ।

बौद्धस्थित महानगरीय प्रहरी वृत्तले शनिबार विशेष सूचनाको आधारमा एक घरमा छापा मारी तेस्रो लिंगी रोशनी चौधरी, जुवा अखडा सञ्चालिका जीतु पाख्रिन, सरिता शेर्पा, पुनम थापा, छिरिङ तामाङ, सानु लामा, वीरेन्द्र थापा र वीरबहादुर तामाङलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जनाए। प्रायजसो जुवा अखडाबाट पुरुष जुवाडे पक्राउ पर्ने गरेकामा अहिले धनाढ्य परिवारका महिलासमेत पक्राउ परेको र उनीहरूलाई आज जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थप अनुसन्धान थालिने उनको भनाइ थियो।

नाम नबताउने एक पुरुषले पक्राउ परेकामध्ये सरिता नाम गरेकी महिलाले मिटर ब्याजमा पैसा लगानी गर्दै आएकीमा लेनदेनको कुरा नमिलेपछि पटक÷पटक झगडा परिसकेको जानकारी दिए। सरितालाई चौथोपटक प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका अन्य महिला पनि धनाड्य छन्।

कर्मा लामा (हेलम्बु) ले गोप्य रूपमा विभिन्न ठाउँमा लामो समयदेखि जुवा अखडा सञ्चालन गर्दै आएको पक्राउपछि खुलेको प्रहरीले जनाएको छ। त्यसैगरी शनिबार नै मूलपानीस्थित एक होटलमा तास खेलिरहेको अर्को समूहलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा विशाल श्रेष्ठ, तेजबहादुर तामाङ, राजकुमार काफ्ले, दीपेन्द्र राई, सूर्य सापकोटा, कृष्ण वाइबा र मनोज पन्त छन्। उनीहरूको साथबाट पचास हजार २०० बरामद भएको थियो। पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App