२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

अनाथ बालबालिकालाई साउदीबाट आर्थिक सहयोग

काठमाडौं – धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अंग्रेजी भाषा अध्ययन गर्नका लागि साउदी अरबबाट ५५ हजार रूपैयाँ सहयोग गरेको छ। २८५५ औं सोनाम ड्वा फा (ल्हो) ल्होछार मूल आयोजक समिति रियाद साउदी अरबले उक्त रकम सहयोग गरेको हो।

साथै म्हेन्दोमाया तथा सेलो गायक रोम लामा ब्लेन्देनले व्याक्तिगत १० हजार रुपैयाँ सहयोग गरेका अभियानकी अभियान्त गायिका देशु गोलेले बताइन्।

गोलेको पहलमा हाल सहयोग रकम संकलन भइरहेको छ। उक्त गुम्बामा हाल १५ अनाथ बालबालिका अध्ययनरत छन्। ‘सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि उद्धार गरौं’ भन्ने उद्देश्यले सहयाग गरिएको उनले बताइन्। उनले इच्छुक दातालाई सहयोगकको अपिल पनि गरेकी छिन्।

प्रकाशित: २० चैत्र २०७५ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App