२३ आश्विन २०८१ बुधबार
image/svg+xml

फेवाताल संरक्षणमा सहकार्य अभाव

फेवातालको पानीको स्रोतका रूपमा रहेका मुहान क्षेत्रका हर्पन लगायका खहरे खोलामा चेक ड्याम बनाउने भनेर पोखरा महानगरपालिकाले चालू आर्थिक वर्षमा सात करोड रुपैयाँ छुट्यायो। आर्थिक वर्ष सकिन अब झन्डै अढाइ महिना बाँकी छ।

राजधानी नदिए आन्दोलनमा उत्रने धरानकाे चेतावनी

प्रदेश सभामा नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने मिति सँघारमा आएको र नेकपाले राजधानी तोक्दा धरानमा कुनै पनि संरचना ल्याउने सम्भावना नरहेपछि धरानका राजनीतिक दल र नागरिक समाज आन्दोलनमा उत्रिएका उनीहरुले बताएका छन्।

मापदण्डविपरीतका होर्डिङ बोर्ड हटाउन बेवास्ता

काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न क्षेत्रमा मापदण्डविपरित राखिएका होर्डिङ बोर्ड हटाउन बेवास्ता गरेको छ।

तत्काल दुई स्थानमा मात्रै आकाशे पुल

काठमाडाैं महानगरपालिकामा चालु आर्थिक वर्षमानै दुई आकाशे पुल निर्माणको तयारी शुरु गरिने भएको छ। महानगरले यसै आर्थिक वर्ष केही समय अघिनै पुल निर्माणको काम शुरु गर्ने भने पनि विभिन्न आन्तरिक व्यवस्थापनको काम गर्न नसक्दा काम हुन सकेको थिएन।

पर्यटकका लागि विद्युतीय बस

ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो।

कलैया बजारका सटर गैरकानुनी खरिदबिक्री

कलैया उपमहानगरपालिकाको जग्गामा निर्माण गरिएका सटर मालपोत कार्यालयको मिलेमतोमा गैरकानुनी तरिकाले खरिद–बिक्री हुने गरेको पाइएको छ।

वीरगन्जमा भीषण आगलागी

'केमिकल भएको उद्योग हो, नाम र अरु विवरण अाउन बाँकी छ, आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ,' पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, 'यति क्षति भयाे भन्ने अवस्था छैन।'

महानगरको निर्णयविरुद्ध नेविसंघ सर्वोच्चमा

काठमाडौं महानगरपालिकाले संविधानविपरीत आधारभूत तथा माध्यमिक तहका लागि विद्यार्थीबाट शुल्क तोकेको भन्दै नेपाल विद्यार्थी संघले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको छ। महानगरपालिकाले संवैधानिक तथा मौलिक हकको उल्लंघन गर्न खोजेको भन्दै निःशुल्क शिक्षाबाट वञ्चित गर्ने खालको निर्णय गरेकाले कार्यान्वयन रोक्न माग गर्दै सोमबार सर्वोच्चमा निवेदन दर्ता गरेको हो।

खुलामञ्च सटरपीडित भन्छन्– डुबेको पैसा फिर्ता गरियोस्

खुलामञ्चमा सटर खरिद गरेका साना व्यवसायीले ठेकेदार कम्पनीलाई बुझाएको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्। जलेश्वर–स्वच्छन्द–बिकोइ बिल्डर्स प्रालिले आफूहरूलाई ठगेको व्यावसायीले बताएका छन्।

निर्मलाको त्यो तस्बिर

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दश महिना पुग्न लाग्यो। गएको साउन महिना भएको घटनापछि दोषीलाई कारबाही र न्यायको माग राख्दै देशैभर विरोध कार्यक्रमहरू भए।

हाकिमचोकमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन्।

खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन डोजर लगाइयाे

काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएका सटर भत्काउन सुरु गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको निर्देशनमा कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको टोलीले सटर भत्काएको सुरु गरेको हो ।

सम्झौतामै किर्ते, दलकै आडमा अतिक्रमण

राजधानीको खुलामञ्च कब्जा गर्ने जलेश्वर–स्वच्छन्द–बिकोई बिल्डर्स प्रालिले काठमाडौं महानगरपालिकासँग गरेको सम्झौतामा किर्ते भएको फेला परेको छ। महानगरपालिकासँग भएको सम्झौतापत्रमा ‘२०७३ वैशाख १३ मा स्वीकृत गरेको नक्साभन्दा विपरीतका संरचना निर्माण गर्न पाइने छैन’ भनिएको छ भने ठेकेदारसँग भएको प्रतिमा ‘पाइनेछ’ उल्लेख छ।

जबरजस्ती फोहर संकलन केन्द्र हटाउँदै वडा कार्यालय

काठमाडौं महानगरपालिका–३२ वडास्थित स्थानीयले फोहर संकलन गर्दै आएको ठाउँमा वडा कार्यालयले डोजर चलाउन थालेको पाइएको छ।

खुलामंच अतिक्रमणको विरोध

काठमाडौं महानगरपालिका र जलेश्वर–स्वच्छन्द–बिकोई जेभी कम्पनीको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएकोमा सर्वसाधारणले विरोध जनाएका छन्। सम्पदा अभियन्ता र स्थानीयले खुलामञ्च अतिक्रमण गरेर मास्न खोजेको भन्दै बिहीबार विरोध प्रदर्शन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्