२१ आश्विन २०८१ सोमबार
image/svg+xml

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीलाई खुकुरी हानेर हत्या गरेको आरोपमा सर्लाहीमा १ जना पक्राउ परेका छन्। बरहथवा नगरपालिका–५ का रामेश्वर सिग्देलको घरमा डेरा गरी बस्ने झापाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षीया सुनीतालाई खुकुरी हानेर बीभत्स हत्या गरेको आरोप लागेको छ।

होली मनाउने क्रममा झगडा, छुरा हानी एकको हत्या

होली मनाउने क्रममा झगडा हुँदा बिहीवार धरानमा एक युवाको छुरी हानी हत्या भएको छ। धरान ९ स्थित बगैंचा लाइनमा भएको झगडामा एक युवाको हत्या भएको हो। हत्या हुनेमा धरान ८ स्थित सिद्धार्थ मार्ग लाइनका निमा तामाङ रहेका छन्।

अपहरण–हत्या काण्डका दोषी ६ वर्षपछि पक्राउ

अपहरण तथा शरीर बन्दक मुद्दामा प्रतिवादी निजामुद्धिन विरुद्ध बाँके जिल्ला अदालतले दोषी ठहर गरी २०७२ माघ २ गते ९ वर्ष कैद र ९ लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो।

पूर्व–एसपी बिष्ट प्रहरी हिरासतमा

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दाका अभियुक्त तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्ली बिष्ट मंगलबार कन्चनपुर अदालतमा उपस्थित भएका छन्। मंगलबारबाटै अदालतले उनको बयान लिन सुरु गरेको छ। बिष्टलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

डिल्लीराज विष्ट अदालतमा, डिएसपी जिसी सम्पर्कविहीन

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने सूचना जारी भएपछि बर्खास्तमा परेका तत्कालीन प्रहरी प्रमुख (एसपी) डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। निर्मला हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको भन्दै परेको मुद्दामा बयानका लागि विष्ट केही बेर अघि जिल्ला अदालत कञ्चनपुरमा उपस्थित भएका हुन्।

निर्मलाले पाएका धोका

मौसम फेरीएसँगै दिन लामा र न्याना हुँदैछन्, तर निर्मला पन्तकी आमा दुर्गादेवीको मन चिसो छ। छोरीको विभत्स हत्याबीच न्याय अझै अन्योलपूर्ण भईरहँदा विचलित मनोदशा स्वभाविक हो। तर कुरा त्यति मात्र हैन। उनलाई फतक्क गलाईदिए केहि मुकुण्डोधारी अधिकारकर्मीले, अवसरवादी लोग्ने र गैरजिम्मेवार पत्रकारहरुले।

६ प्रहरीलाई धरौटीमा छोड्न आदेश, एसपी विष्ट अझै फरार

निर्मला पन्तको बलात्कार पछि हत्यामा प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरीलाई अदालतले धरौटीमा छोड्न आदेश गरेको छ।

चेमजोङको हत्या आरोपमा पक्राउ

महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न भएको आरोपमा ३७ वर्षीय प्रकाश थापामगरलाई पक्राउ गरेको छ।

निर्मला हत्या प्रकरण : एसपी बिष्ट र डिएसपी जिसीका नाममा ३५ दिने वारेन्ट जारी

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला हत्या प्रकरणमा प्रहरीका दुई अधिकारीका नाममा ३५ दिने वारेन्ट जारी भएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन ३५ दिने वारेन्टसहितको सूचना जारी गरेको हो।

प्रेम सम्बन्धका कारण सामूहिक आत्महत्याको प्रयास, एक युवतीको ज्यान गयो

पर्सामा एक युवा र दुई युवतीले मुसो मार्ने आषधि खाएर सामूहिक रुपमा आत्महत्याको प्रयास गरेका छन्। यसमध्ये एक युवतीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीले जनाएअनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ सढी टोलकी २७ बर्षकी सजिता कुमारीको मृत्यु भएको छ भने सोही ठाउँ बस्ने १३ बर्षकी मजिता कुमारी र जिराभवानी गाउँपालिका वडा नं २ सेढवा २२ वर्षका सञ्जय दास बिरामी छन्। घट्ना भने जिराभवानी –२ सेढवामा भएको हो।

प्रहरीविरुद्धको मुद्दामा बहस सुरु

निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको अभियोगमा परेका दुई मुद्दाउपर डिएसपीसहित ६ प्रहरीको कंचनपुर जिल्ला अदालतमा बयान लिने काम सकिएको छ। सो मुद्दामा बयान सकिएलगत्तै सोमबारदेखि बहस सुरु भएको छ। सम्पर्कविहीन रहेका तत्कालिन एसपी डिल्ली बिष्ट र सिआईवीका डिएसपी अंगुर जिसीका नाममा अदालतले उपस्थित हुन वारेन्टसहितको सूचना जारी गरेको छ।

तरुण दलका नगर सदस्य पुरीको हत्यामा संलग्न पाँच जना पक्राउ

रुपन्देहीको देवदहमा आइतबार साँझ हत्या गरिएका तरुण दलका नगर सदस्य अनिष पुरीको हत्यामा संलग्न पांचजना पक्राउ परेका छन्।

अज्ञात समुहकाे अाक्रमणबाट एककाे मृत्यु, दुई जना पक्राउ

रूपन्देहीको देवदहमा अाइतबार आज्ञात समुहको आक्रमणबाट एक जना युवाकाे रहस्यमय रूपमा हत्या भएको छ

हत्या भएको भन्दै आफन्तले शव बुझेनन्

कंचनपुरको २५ नम्वर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ बर्षिय वीरबहादुर खड्काको गण भित्रै हत्या गरिएको भन्दै उनका आफन्तले छानबिन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन।

अपहरणमुक्तपछि सांसद मल्लले भनिन्, ‘माग पूरा नगरिदिए ठीक हुँदैन भने’

नेकपा विप्लव समूहको अपहरणमा परेकी बझाङ प्रदेशसभा सांसद देवकी मल्ल अपहरणमुक्त भएकी छन्। बुंगोल नगरपालिकाबाट कार्यक्रम सकेर बित्थरचिर गाउँपालिकामा उनलाई प्रमुख अथिति बनाएर गाउँपालिकाले नारी दिवसको अवसर पारेर कार्यक्रम गर्न लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्