१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

अज्ञात समुहकाे अाक्रमणबाट एककाे मृत्यु, दुई जना पक्राउ

विनाेद परियार
रूपन्देही - रूपन्देहीको देवदहमा अाइतबार आज्ञात समुहको आक्रमणबाट एक जना युवाकाे रहस्यमय रूपमा हत्या भएको छ।

मोटरसाइकलमा देवदह खैरेनिबाट भलुहि जाँदै गर्दा भलुहीमा अज्ञात समुहकाे अाक्रमण युवाकाे हत्या भएकाे हो। आक्रमणमा परी देवदह नगरपालिका वडा नम्बर ५ का अन्दाजी २० बर्षीय अनिश पुरीकाे मृत्यू भएकाे प्रहरीले जनाएकाे छ।

अाक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि तुरून्तै देवदह मेडिकल कलेज लगिएकाे तर बचाउँन भने नसकिएको प्रहरी चौकी खैरनीका प्रहरी नायब निरीक्षक भरत थापाले बताए । पुरी साथी सम्राट सँग माेटरसाईकलमा सवार थिए । साथी भने सकुसल रहेको र उनसंगै अर्का एक जना प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ

प्रकाशित: २६ फाल्गुन २०७५ १७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App