६ आश्विन २०८१ आइतबार
image/svg+xml

भारतमाथि नेपालको ऐतिहासिक जित

नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन। साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन्। प्रिति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन्।

बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य तय

एन्फाका अनुसार खेलका लागि बंगलादेशी टिम असोज सात गते नेपाल आइपुग्ने छ। एन्फाले मैत्रीपूर्ण खेलका लागि ४८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरेको छ। एन्फाले खेलका लागि मार्केटिङ, बोर्डकास्टिङ र डिजिटल अधिकार बिक्रीका सम्बन्धमा विभिन्न व्यापारिक संस्थाहरुसँग छलफल भइरहेको जनाएको छ।

भारत र बंगलादेशको विजयी सुरुआत

चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानको चुनौती ३-० ले पन्छाउँदै साबिक विजेता भारतले नेपालमा मंगलबारबाट सुरु भएको छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपमा बुधबार विजयी सुरुआत गर्दा दिनको दोस्रो खेलमा बंगलादेशले पनि माल्दिभ्समाथि समान ३-०को जित निकालेको छ।

जनताका लगानी गुम्ने चिन्ता

जनस्तरबाट रकम उठ्ने सम्भावना कम भएको र सरकारले आवश्यकताअनुसार रकम उपलब्ध नगराएका कारण फाउन्डेसन आर्थिक संकट परेको थियो। रंगशाला बनाउन साढे तीन अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो।

राखेपलाई बुझाइयो प्रतिवेदन

वीरगन्जस्थित नारायणी रंगशालाभित्रको बाँकी रह्न गएको जग्गाको मुआब्जा वा सट्टापट्टासम्बन्धी विवाद करिब ४ दशकपछि समाधान हुन लागेको छ।

खेल चलिरहँदा पोखरा रंगशाला भित्रको कभर्डहलमा आगलागी

पोखरा रंगशाला भित्रको वहुउद्देश्यीय कभर्ड हलमा आगलागी भएको छ। खेल संचालन भइरहँदा विद्युत सर्ट भएर आगलागी भएको हो।

पोखरा रंगशालाभित्र गल्फ एकेडेमी बन्दै

पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण(टे«निङ सेन्टर)को पूर्वाधार बनाउन शुरु गरिएको छ। पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै समयमा पोखरा रंगशालाभित्र गल्फ प्रशिक्षण केन्द्रको बोर्ड झुण्ड्याएको थियो। गल्फ संघ कास्कीले गल्फको टेनिङस्थल बनाउन राष्ट्रिय खेलकुद परिषदसँग जग्गा माग गर्दै आएको थियो।

गण्डकी सरकारः पोखरा रंगशालाको स्वामित्व प्रदेश मातहत ल्याइने

पोखरा रंगशालाको पूर्वाधार सुधार गर्दै रातको समयमा पनि अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन गर्न योग्य बनाउने लक्ष्य गण्डकी प्रदेश सरकारले लिएको छ।

प्रत्येक प्रदेशमा सुविधा सम्पन्न रंगशाला

सरकारले आउँदो आर्थिक वर्षमा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको बाँकी कामलाई टुंगोमा पु‍र्‍याउन समन्वय र सहजीकरण गर्ने पनि घोषणा गरेको छ।

सिनियर फुटबलरद्वारा विद्रोह

एएफसी एसियन कप छनोट खेलका लागि बन्द प्रशिक्षणमा सहभागी २५ खेलाडीमध्ये ९ जनाले प्रशिक्षकसँगको मनमुटाव कारण क्याम्प छाडेका छन्।

पोखरा रंगशालाः ट्र्याक हस्तान्तरण नहुँदा प्रशिक्षण नै सुरु भएन

पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदको मातहतमा आईसकेको छैन। निर्माण कम्पनीले परिषदलेलाई हस्तान्तरण पनि गरिसकेको छैन। परिषदले कम्पनीलाई भुक्तानीवापतको रकम नदिदाँसम्म परिषदको नाममा आउने सम्भावना कम छ। यसले एथलेटिक्स ट्रयाकमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रयाक अन्तर्गतका इभेण्टहरु सञ्चालन हुनेमा द्विविधा देखिएको छ।

नेपाल छनोट हुन कठिन: अल्मुताइरी

अभ्यास थालनी गर्ने दिन पत्रकार सम्मेलनमा योजनासहित उपस्थित भएका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाल चीनमा हुने एएफसी एसियन कपमा छनोट हुन कठिन हुने बताए।

मनाङलाई रोक्दै एपिएफले रेलिगेसन टार्‍यो

दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार विभागीय क्लब एपिएफसँग ३–१ ले पराजित हुँदा प्रशिक्षक तोपे फुजाले अब मनाङ पहिलेजस्तो नभएको प्रतिक्रिया दिए।

दुई खेलअगावै मच्छिन्द्रद्वारा उपाधि रक्षा

११औं चरणको खेलसम्म अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बुधबार सातदोबाटो युथ क्लबमाथि १–० को जित निकालेको मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्