बीपी बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार
व्यास नगरपालिका–३ स्थित बीपी वनबाटिका परिसरमा निर्माणका लागि प्रस्ताव गरिएको बिपी बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार भएको छ।
व्यास नगरपालिका–३ स्थित बीपी वनबाटिका परिसरमा निर्माणका लागि प्रस्ताव गरिएको बिपी बहुउद्देश्यीय रंगशालाको डिपिआर तयार भएको छ।
२५ करोडको लागतमा इटहरी रंगशालामा अन्तर्राष्ट्रियस्तरको भिआइपी प्यारापिट बन्ने भएको छ।
पोखरा रंगशालाभित्र फुटबल मैदान बन्दै छ। एथलेटिक्सका लागि सिन्थेटिक ट्र्याकसमेत निर्माण गरिने भएको छ। फुटबल मैदान र एथलेटिक ट्र्याक असारभित्र बनिसक्ने जनाइएको छ। कागजी सम्झौताले त्यही भनेको छ। व्यवहारतः भने फरक पाटो रह्यो।
नेपालगन्ज रंगशाला परिसरमा स्विमिङ कम्प्लेक्स बन्न लागेको झन्डै एक दशक भयो। अहिलेको अवस्थासम्म आइपुग्न नेपाल सरकारले १४ करोड २८ लाख रकम पोखरी निर्माणमा खर्च गरिसकेको छ। तर दशक बित्दा पोखरी खेल्न योग्य भइसकेको छैन।
आठौ राष्ट्रिय खेलकुदको सुटिङ प्रतियोगिता शुक्रबार सुरु हुने तय थियो। प्रतियोगिता हुने स्थल नेपालगन्ज रंगशाला कभर्डहलसँगै जोडिएको सुटिङ रेन्ज हो। शुक्रबार देखि प्रतियोगिता हुने तय भएको सुटिङ रेन्जमा कुनै चलहपहल थिएन। रेन्ज परिसरमा पुग्दा आधा दर्जन अफिसियल कुर्सीमा बसेर कुराकानी गरिरहेका थिए।
नेपालगन्ज रंगशालामा चहलपहल ह्वात्तै बढेको छ। अझैं पनि निर्माण भैरहेको नेपालगन्ज रंगशाला हेर्न स्थानीयले चासो देखाइरहेका छन्। रंगशालामा खेलकर्मीको भिड बढ्दै छ। आठौं राष्ट्रिय खेलकुदको माहोलले नेपालगन्जलाई दिन प्रतिदिन व्यस्त बनाउँदै गएको छ।
२०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको दशरथ रंगशाला पुनर्निर्माणको काम सुरु भएको पनि ३ बर्ष वित्न लाग्यो। तर पनि यसले पूर्णता पाउन सकेको छैन। भूकम्प गएपछि मात्रै पाँच वटा सरकार परिवर्तन भए र सबैको प्रथामिकतामा रंगशाला पुनर्निर्माण एजेण्डा बने । तर पनि रंगशाला पुनर्निर्माणको गति बामे शैलीमा छ।
चितवनमा प्रस्तावित रंगशाला निमार्णका लागि नेपाल ‘ए’ र ‘बी’ का बीच च्यारिटी क्रिकेट खेल हुन लागेको हो। नेपाली फिल्मका कलाकार सुनिल थापा, वीरेन्द्र हमाल, निर्मल शर्मा, सन्तोष लामा र राजु ढकाललगायत नियमित प्रशिक्षणमा छन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा यति बेला धमाधम काम भइराखेको छ। रंगशाला निर्माण गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइरहेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ को शान्ति चोकमा रहेको रंगशाला निर्माणस्थललाई चारैतिरबाट घेर्ने, अस्थायी गेट बनाउने, सुरक्षाकर्मी बस्नेलगायतका पूर्वाधार निर्माणको काम सुरु गरिएको छ।
श्रीलंकालाई २–० को नतिजा सुम्पिएसँगै लगातार दुई खेलमा पराजय भोगेको माल्दिभ्स नेपालमा जारी साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ।
पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।
पाँचौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसिप मंगलबार (आज) बाट मोरङको विराटनगरमा सुरु हुँदैछ। सहिद रंगशालामा दिउँसो २ बजे सुरु हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्नेछन्। नेपालले पहिलो पटक महिला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न लागेको हो।
पोखरा फुटबल रंगशाला निर्माणको काम सुरु गरिएको छ । ठेक्का सम्झौताको दुई महिनापछि युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार शिलान्यास गर्दै तोकिएकै मितिमा रंगशालको निर्माण कार्य पूरा गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिए।
चौंथो झापा गोल्डकप फुटबल प्रतियोगिता शनिबार (आज) देखि झापामा सुरु हुँदै छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने खेल दिउँसो २ बजेपछि सुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक झापा ११ र सहारा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ।