२३ आश्विन २०८१ बुधबार
image/svg+xml

नामबिनाको चिर्कटो

‘मलाई उहाँले छोएको मन पर्दैन। कक्षामा पढाउँदा पनि घरिघरि आएर गाला चिमोट्ने, मेरै डेस्कमा आएर टाँसिएर बस्ने गर्दा मलाई असहज महसुस हुन्थ्यो। एकदिन उहाँले मेरो छातीमा छुनुभयो। मैले कक्षामै सरको हात निमोठिदिएको, त्यसैलाई आधार बनाएर मलाई विज्ञान विषयमा फेल गराउनुहुन्छ सरले!यसको उपाय केही छ कि? ’

जसोजसो ... उसोउसो स्वाहा

कङ्क्रिट जङ्गलभित्रको विश्वास, आत्मीयता कुँजे भइसकेको छ । व्यापारिक संस्थानले शिक्षाको जिम्मेवारी लिएको छ। संस्कार–संस्कृति रिमिक्स भएर टिभी स्क्रीन नाङ्गो भइरहेछ। लालाबालाहरूका टाउका ता गए–गए आमा–बाबुका टाउकाहरू बोटमै कुहेको फर्सीजस्तै भइसकेका छन् । मेन्टल डिजास्टर – नैतिक सुनामी।

छटपटी र सुस्केरा

‘तिमी र म’ को सीमाक्षेत्र दशगजाको अस्थिरताले गर्दा मेरो छटपटी र सुस्केराहरुको जन्म हुन्छ, रातको शून्यता सम्झन्छु, बिर्सन्छु ,सम्झन्छु र बिर्सन्छु यस्तै क्रम चलिरहन्छ मेरो सम्झनाको डायरीको पन्नाभरि कोलाहल र वास्तिविकता नभएको छटपटी र सुस्केराहरू।

मैले भेटेको अधिकृत

प्रहरी हिरो हो । प्रहरीको हिरोको झैं हिरो एक्सन हुनुपर्छ भन्ने उहाँको भावनाले मलाई सकली पुलिस बनाइछाड्यो । म मात्र हैन मजस्तै तल्लो तहका थुप्रै कर्मचारीले उहाँलाई हरपल सम्झिरहन्छौ। उहाँको प्रत्येक शब्दबाट कवितालाई आकार दिने सुरुवात गरेको म आज कवितासँगै कथा समेत लेख्ने भइसकेको छु । उहाँ को हो ? उहाँ के हो ? उहाँको हैसियत के छ ? उहाँको क्षमता के हो ? उहाँमा बौद्धिकता कति छ ? यी कुराहरूत मलाई केही पनि थाहा छैन तर उहाँमा भएको भावना र उहाँको नामले मात्र म उहाँलाई चिन्दछु ।

एकादेशको कथाजस्तो लाग्न थाल्यो जिन्दगानी

एकादेशको कथाजस्तो लाग्न थाल्यो जिन्दगानी, त्यही कथामा जोडिएका अनगिन्ती यी कहानी। सम्झनाको डोब बनी मुटुभित्रै खोपिएको, एकैनास कहाँ हुन्थ्यो जिन्दगीको घामपानी।

सक्कली माया

राति बुढाले बुढीलाई अलि ठूलो स्वरमा भने, ‘ काइलाले मलाई मनपर्ने र दैनिक खाँचो पर्ने चीजहरू सुटुक्क ल्याएर पहिल्यै दियो। सबैभन्दा बढी मूल्यवान् चिज पनि उसकै देखियो तर अरू दाजुभाइ र दिदीबहिनीसामु देखाएर र फोटो खिचेर भने दिएन । के गरेको होला यो ! बुढाको कुरा सुनेर उनीले भनिन् ,‘ देख्यौ बुढा, सक्कली माया सोधेर र देखाएर होइन लुकाएर गरिन्छ।’

मास्क

कान्छी हाम्रो छोरालाई राम्रो स्कुलमा पढाउने र भविष्यमा ठूलो मान्छे बनाउने ’ भन्ने गर्दथी । बाबूचाहिँ ‘हो बुढी , यस्लाई धेरै पढाएर मन्त्री बनाउनुपर्छ तर मन्त्री बन्न त धेरै नपढे पनि हुन्छ भनेको सुन्छु। हाम्रो छोरालाई त पढेको बुद्धिमान मन्त्री बनाउनुपर्छ ’ भन्थ्यो।

भानुको रामायणमा दरबारिया भाषाशैली

संवत् १८९० पछि अध्ययन सकेर काशीबाट पहाड आएका भानुभक्त आचार्यलाई पाल्पाका शासकहरू, पिता धनञ्जय र पाल्पाका कर्मचारीसँग प्राप्त निकटताले दरबारिया भाषिक वातावरण प्राप्त गरेको देखिन्छ। यो वातावरणीय भाषाशैलीको अभ्यस्तताबाट भानुभक्तले बालकाण्ड रामायण लेखे, नत्र उनले राजा दशरथ र रामचन्द्रको अयोध्या दरबारको बोलीलाई नेपाली दरबारको बोली बनाउन सक्ने थिएनन्।

कहाँ गए गणेशराज गौतम ‘निदी’ ?

केही समयपछि उनको एउटा ठेगानाविहीन पत्र प्राप्त भयो, जसमा ‘जीवन संघर्षमय छ, पुनर्मिलन नहुन पनि सक्छ। आन्दोलनको आँधीबेहरी सृष्टि हुँदै छ, सन्तानर आफ्नो सुरक्षा औ शिक्षामा ध्यान दिनुपर्ने’ कुरा थिए। त्यस्तै,राष्ट्रले काँचुली फेर्दा हामी सबै सुखी हुनेछौँ भन्ने पनि उल्लेख थियो।

आयो झिल्के बाँदर

बस्तीबस्ती नआउनु, जंगलमा डुल्नु है, मिठामिठा कन्दमूल, उतै खाई भुल्नु है। चोरी गर्न हुन्न नि, भोकै हामी पर्ने छौ, खाने अन्न नहुँदा, बसाइ नै सर्ने छौं।

लाहुरे दाइको जीवन कथा

घरमा बुढी आमा, बच्चा जन्माउन लागेकी श्रीमती र स्कुल पढ्दै गरेकी प्यारी बैनीलाई छाडेर म लाहुरे प्रदेशिन बाध्य हुन्छु । के गर्नु यो पापी पेट नभएको भए सायद यस्तो कसैले भोग्नु पर्दैन थियो होला! कसलाई रहर हुन्छ र प्रदेशिन ? यो रहर हैन बाध्यता हो म र मेरो परिवार अनि यो देशको निम्ति ।

रङ्ग अनुभूति

– उसो भए सुन ! आफूमा भएर पनि बताउन नसक्नु नै सबैभन्दा ठूलो रङ्गको अनुभूति र अभिव्यक्तिको सच्चा र टड्कारो प्रस्तुति हो।– अलि बुझ्नेगरी भन न ! – मलाई छोएर,छामेर हेर त ! रङ्ग बेढङ्गले बिरङ्ग भएको पाउने छौ। यो नै नदेखिने तर स्वादिलो,स्पष्ट र उत्सुकताले भरिएको यथार्थ अनुभूतिमा मात्र पाइने कोमल र तरल तर पनि ठोस रङ्ग हो।– ए ! हो त नि ! विपरीत – रङ् अनुभूति भयो।

रमाइलो गाउँ

कति मीठो दुध दिने भैंसी पनि गाउँमै छ, बजार जानै नपर्ने तरकारी नि बारीमै छ। धान फल्ने खेत नि छ मूल फुट्ने टारी नि छ, कान्छाबाले लगाएको सुन्तलाको घारी नि छ।

विवाह विच्छेद

कविता मन पराउने मैनालाई उन्मुक्त सायरीले छेड्दा धेरै डराउँथी ऊ, दिनमा सिमसिमे पानीमा भिज्न रुचाउने मैनालाई “सावर“ मा राति भिज्न विवश गराउँदा कहालिन्थी ऊ।

मन र दृष्य

त्यत्तिकैमा एकदमै ठूलो दर्के पानी परयो । दन्किरहेको लाशको आगोलाई एकैछिनमै शान्त बनाइदियो । त्यो लाश जलिसकेको थिएन म घण्टौँदेखि त्यहीँ बसेर नियालिरहेको थिएँ । बिचरा त्यस युवकले फेरि आगो बाल्ने प्रयत्न गर्दै थियो । मेरो मन यति धेरै भारी भैसकेको थियो आँखाबाट आँशुका ढिकाहरूले आफ्नो ठाउँ छोडेर बाटो लागिसकेका थिएँ। नजिकै उभिइरहेका दुई मानिस कुरा गर्दै थिए– कस्तो पापी रहेछ ! मरेर जल्ने बेला समेत राम्ररी जलेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्