भानुको रामायणमा दरबारिया भाषाशैली
संवत् १८९० पछि अध्ययन सकेर काशीबाट पहाड आएका भानुभक्त आचार्यलाई पाल्पाका शासकहरू, पिता धनञ्जय र पाल्पाका कर्मचारीसँग प्राप्त निकटताले दरबारिया भाषिक वातावरण प्राप्त गरेको देखिन्छ। यो वातावरणीय भाषाशैलीको अभ्यस्तताबाट भानुभक्तले बालकाण्ड रामायण लेखे, नत्र उनले राजा दशरथ र रामचन्द्रको अयोध्या दरबारको बोलीलाई नेपाली दरबारको बोली बनाउन सक्ने थिएनन्।